राष्ट्रिय महिला लिग: चौदन्डीगढी र उदयपुरको हातमा शून्य

२०७७ फाल्गुण १ शनिबार २०:१४:०० मा प्रकाशित

 काठमाडौं । राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुर दश खेलसम्म आइपसक्दा पनि जीतविहिन बनेको छ । आज भएको खेलमा विराटनगर महानगरपालिकासँग चौदन्डीगढी दुइ एक गोलले पराजित  भयो ।

एन्फा कम्प्लेक्स भएको खेलमा चौदन्डीगढीले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । सातौ मिनेटमा मनिता तामाङले चौदन्डीगढीलाई एक शून्यको अग्रता दिलाएकी थिइन्  । तर १५ औं  मिनेटमा पार्वती घलेले गोल गर्दै खेल बराबरी गरिन् । ८७ औं मिनेटमा  पार्वतीले  गोल गर्दै विराटनरगलाई दुइ एकको जीत दिलाइन् ।

 

विराटनगर दश खेलबाट १३ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । चौदन्ढीगढी अन्तिम स्थानमा छ । उसले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । 

ताजा खबर