राष्ट्रिय खुला भलिवल च्याम्पियन बने गण्डकी र नेपाल पुलिस 

२०७७ फाल्गुण १ शनिबार २०:०५:०० मा प्रकाशित

पोखरा । राष्ट्रिय खुला भलिवल च्याम्पियनसिपको पुरुष तर्फ गण्डकी र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् । 

पोखरामा आज भएको महिला तर्फको फाइनलमा पुलिसले चीर प्रतिद्धन्दी एपीएफ क्लबलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेको थियो । तर नतिजा पुलिसको पक्षमा गयो । पुलिसले यो सेट २२–२५ ले जित्यो । दोस्रो सेट  दोस्रो सेट पुलिसले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा एपीएफ खेलमा फर्कने प्रयासमा थियो । तर  पुलिसले  २५–२१ को जीत हात पार्दै उपाधी माथि कब्जा जमायो ।

पुरुष तर्फ च्याम्पियन बन्ने क्रममा स्थानिय टोली गण्डकीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पाँच सेटमा स्तब्ध पार्यो । यी दुइ बीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले जितेपछि खेल एक एक बराबरीमा पुग्यो ।

कडा प्रतिस्पर्धा भएको तेस्रो सेटमा गण्डकी ३२–३० ले विजयी भयो । चौथो सेट आर्मीले २५–२३ को  जितेपछि खेल लम्बियो । अन्तिम सेटमा गण्डकीले आर्मीलाई १५–११ ले पराजित गर्दै उपाधी उचाल्यो । आर्मीले प्रतियोगिताको लिगको पहिलो खेलमा पनि गन्डकीसँग हार बेहोरेको थियो । दुवै तर्फका च्याम्पियले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गरे । कोरोना भाइरस  संक्रमण पछि भएको भलिवलको यो पहिलो प्रतियोगिता हो ।  (तस्बिर सौजन्य: हाम्रो खेलकूद डटकम)

 

ताजा खबर