पशुपतिमा बाला चतुर्दशीको फोहर सफाइ

२०७४ मङ्सिर ३ आइतबार १४:२७:०० मा प्रकाशित

काठमाडौंं,३ मंसीर  । बाला चतुर्दशीका दिन शतबीज छर्न आएका भक्तजनले चढाएको अन्नलगायत चीजबीजले पशुपति क्षेत्रमा फोहर बढेपछि शनिबार रातिदेखि आज बिहानसम्म सफाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले आयोजना गरेको सफाइबाट चार ट्रक फोहर व्यवस्थापन भएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । राति देखिको सफाइ पशुपति पश्चिम मूलद्वार भित्रको क्षेत्रमा गरिएको थियो ।

शनिबार २३६ औँ हप्ताको वाग्मती सफाइ पनि पशुपति अघिको वाग्मती र कैलाश डाँडामा गरिएको थियो । दिउँसोको सफाइले मात्र बाला चतुर्दशीको फोहर नसकिएकाले रातिदेखि बिहानसम्म सफाइ गरिएको हो ।

खेम्स क्लिनिङको प्राविधिक सहयोगमा शुरु भएको पशुपति क्षेत्र सफाइ र रङरोगनको काम पनि महाशिवरात्रिसम्म जारी रहने संस्थाका खेम शर्माले बताए । रासस

ताजा खबर