पोखरा म्याराथनको शीर्ष तीनमा त्रिभुवन आर्मीको वर्चश्व

२०७७ फाल्गुण १ शनिबार १४:५४:०० मा प्रकाशित

पोखरा । पोखरा म्याराथनको शीर्ष तीनमा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चश्व जमाएका छन् । १५ औं संस्करणको उपाधी आर्मीका राजन रोकायले जिते ।  दोस्रो र तेस्रो स्थानमा पनि आर्मीकै खेलाडी रहे ।

पोखरामा आज भएको प्रतिस्पर्धामा ४२ ४२.१९५ किलोमिटरको दुरी रोकायले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा  पुरा गरे । दोस्रो भएका गोविन्दप्रसाद भट्टराईले  ३३ मिनेट ४८ सेकेण्डमा पार गरेका थिए । देवराज बस्नेत तेस्रो स्थानमा आए । उनले ल दुरी दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गरेका हुन् ।  पाँचथरका प्रताप ताम्सोहांग चौथो स्थानमा रहे । उनले  दुई घण्टा ५४ मिनेट ८ सेकेण्डको समय निकालेका थिए ।  पहिलो भएका राजनले दुइ लाख,  दोस्रो भ्एका  गोविन्दले एक लाख र तेश्रो भएका  देवराजले ७५ हजार पुरस्कार पाए । 

चौथो भएका  प्रतापले २५ हजार हात पारे । म्यारथनमा दुइ सय नौ जना धावकले प्रतिस्पर्धा गरेका थिए । महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा प्रसाईले जितेकी छन् । उनले एक घण्टा २७ मिनेट एक सेकेण्डमा दुरी पुरा गर्दै पहिलो स्थान हात पारेकी हुन् । जुम्लाकी राममाया बुढा एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भइन् । एपीएफ क्लबकी बृन्दा श्रेष्ठ तेस्रो स्थानमा आइन् । उनले  एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा पुरा गरेकी थिईन् । विजेताले एक लाख दोस्रो हुनेले  ७५ हजार र  तेस्रो स्थान प्राप्त गर्नेलाइ ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल पुलिसकी रेखा विष्टले चौथो स्थानमा आइन् ।  उनले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा दुरी पुरा गरेकी हुन् । उनले १५हजार प्राप्त गरिन । म्याराथन नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजना भएको हो । 

 

ताजा खबर