पुलिस क्लबसँग चन्द्रपुर नगरपालिका पराजित

२०७७ माघ ३० शुक्रबार १८:१०:०० मा प्रकाशित

काठमाडौं । नेपाल पुलिस क्लबले, राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटलाई तीन शून्य गोलले पराजित गरेको छ । जीतपछि पुलिसले शीर्ष तीनमा रहँदै लिग टुंग्याउने संभावना कायमै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलवमा पुलिसले सातांै मिनेटमा सिर्जना खड्काको गोल मार्फत अग्रता लिएको थियो । ५४ औं मिनेटमा निर्मला बिकले टिमका लागि दोस्रो गोल थपिन् । खेल सकिन पाँच मिनेट बाँकी हुँदा रेखा पौडेलले गोल गरेपछि पुलिसले तीन शून्यको सहज जीत हात पार्यो । पुलिस र वालिङको नगरपालिका स्याङजाको समान एघार एघार अंक छ ।

तर गोल अन्तरका आधारमा वालिङ पुलिस भन्दा अगाडि छ । रौतहटले गोलका केही अवसर पाएको थियो । तर कमजोर फिनिसिङका कारण गोल गर्न भने    सकेन । रौतहट तालिकाको छैटांै स्थानमा छ ।   

ताजा खबर