राष्ट्रिय क्लब भलिवल:  आर्मी क्लब र गन्डकी भिड्दै

२०७७ माघ ३० शुक्रबार १७:५८:०० मा प्रकाशित

पोखरा । पोखरामा जारी राष्ट्रिय क्लब भलिवल च्याम्पियनसिपको पुरुष तर्फको उपाधीका लागि त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ भएको छ । पोखरा रंगशालाको कोर्टमा आज भएको  खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाइ तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । 

आर्मीले पहिलो सेटमा २५–२१ के जीत हात पारेको थियो । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । पुलिसले कडा टक्कर दिएपनि आर्मीले २९–२७ को जीत हात पार्यो । तेस्रो सेटमा सहजै आर्मी २५–१४ ले विजयी भएपछि पुलिसको यात्रा लिग चरणमानै रोकियो । आर्मीले प्रतियोगिताको सुरुवात हारबाट गरेको थियो । आफ्नो पहिलो खेलमा हराएको टोली संगै आर्मीको फाइनलमा भेट भएको छ ।  अर्थात गन्डकीले आर्मीलाइ पराजित गरेको थियो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको स्थानिय टिम गन्डकीले अर्को वलियो टोली एपीएफ क्लबलाइ तीन शुन्यको सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरेको हो । गन्डकीले एपीएफलाइ २५–२१, २९–२७, २५–१४ को सेटमा पराजित गरेको हो ।

महिला तर्फको फाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब आमने सामने हुनेछन  । एपीएफले आज भएको लिगको अन्तिम खेलमा न्यु डाइमन्ड एकेडेमीलाइ तीन शुन्यको सोझो सेटमा हराउदै पुलिस संगको भेट पक्का गरेको हो  । एपीएफले २५–२१, २५–२१, २५–२३ को जीत हात पारेको हो  । लिग चरणमा एपीउफ पुलिससँग सोझो सेटमा पराजित भएको थियो । महिला र पुरुष दुवै फाइनल खेल भोली हुनेछन् । (तस्बिर सौजन्य: हाम्रोखेलकू डटकम)

ताजा खबर