फिफा क्लब विश्वकप: जर्मन साइड बायर्न म्युनिख बिजयी

२०७७ माघ ३० शुक्रबार १४:३८:०० मा प्रकाशित

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधी जर्मन साइड बायर्न म्युनिखले जितेको छ । कतारमा गएराती भएको फाइनलमा बायर्नले मेक्सिन क्लब टेग्रिसलाई एक शून्य गोलले पराजित गरेको हो ।

बायर्नको नौ महिनाको अन्तरमा यो छैटौ उपाधी हो । खेलको पहिलो हाफ गोल रहति बराबरीमा सकिएको थियो । तर ५९ औं मिनेटमा बेन्जामिन पाभर्टले गोल गर्दै बायर्नलाइ अग्रता दिलाए । सुरुवातमा रोबर्ट लेवान्डोस्की अफसाइड भएको भन्दै उनको गोललाइ मान्यता दिइएको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्रिको सहायतमा गोलले मान्यता पाएपछि बायर्न एक शुन्यले अघि रह्यो । पाभर्टको सोही गोल बायर्नलाई दोस्रो पटक क्लब विश्वकप च्याम्पियिन बन्न पर्याप्त बन्यो ।

 

त्यसअघि जोसुवा किमिखको गोल भिएआरले मान्यता दिएको थिएन । युरोपियन  टिमले क्लब विश्वकप जितेको यो लगातार आठौं वर्ष हो । गत वर्ष लिभरपुल च्याम्पियन भएको थियो । यसपटक पनि टिग्रेस युरोपियन र दक्षिण अमेरिकी क्लबको वर्चश्व तोड्न सफल भएन् । टेग्रिस उत्तरी तथा मध्य अमेरिकाका क्षेत्रबाट क्लब विश्वकपको फाइनल पुग्ने पहिलो टोली हो ।  

ताजा खबर