ओमानमा हुने नेपाल सम्मिलत त्रिकोणत्मक सिरिज स्थगित

२०७७ माघ ३० शुक्रबार १४:३४:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि अन्तर्राष्टिन्य क्रिकेट परिषद् आइसीसीले ओमानमा हुने नेपाल सम्मिलत त्रिकोणत्मक सिरिज स्थगित गरेको छ ।

विश्व क्रिकेट लिग टु अन्तर्गत नेपाल अमेरिका र ओमानबीच मार्चमा हुने तालिका रहेको थियो । तर बढ्दो कोरोना भाइरस संक्रमण, क्वारेन्टिन नियम, यात्रामा लगाइएको प्रतिबन्ध लगायतका कारण सिरिज स्थगित भएको आइसीसीले जानकारी दिएको छ । नेपालले सिरिजका लागि खेलाडीलाइ बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरेको थियो ।

 सिरिज स्थगित भएपनि खेलाडीको संख्या घटाएर अभ्यासलाई निरन्तरता दिइने क्यानले जनाएको छ । क्यानले बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाएको थियो । जसमा पहिलो चरणमा २१ खेलाडी सहभागी भ्एका थिए । प्रशिक्षक डेभ वाटमोरले खेलाडीलाइ अभ्यास गराइरहेका छन् । स्थगित सिरिज कहिले हुन्छ टुंगो लागेको छैन । आइसीसीले अप्रिलमा हुने पपुवा न्युगिनी,ओमान र स्टकल्यान्ड तथा मेमा हुने पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित भएको जनाएको छ ।

 

ताजा खबर