‘पैसा एउटा नम्बर मात्र हो’ : बिनोद चौधरी

२०७७ माघ ३० शुक्रबार ०८:३३:०० मा प्रकाशित

काठमाडौं । उद्योगपति बिनोद चौधरीको अनुभवमा पैसा भनेको यस्तो चिज हो, जसलाई सम्हाल्न गाह्रो हुन्छ । पैसालाई सम्हाल्न सकिएन भने पैसाले आफैंलाई सिध्याउँछ ।

नेपालका खर्बपति चौधरी भन्छन्– ‘पैसाले मात्र सबैकुरा गर्छु भन्छ कसैले भने त्यो मान्छे लामो रेशको घोडा होइन ।’ आमाले दिएको एक सुका पैसाको सदुयोग गर्दा पैसाको महत्व बुझेका चौधरी यतिबेला सफलताको शीखरमा आएर भन्छन्– ‘पैसाको बलमा म काम गर्दिन, आईडियाले काम गर्छु । पैसाले सबैथोक किन्न सकिन्छ तर प्रतिष्ठा किन्न सकिँदैन ।’

स्वदेश र विदेशमा दर्जनौं उद्योग व्यवसाय सञ्चालन गरिरहेका बिनोद चौधरी पैसालाई उतिसारो महत्व दिँदैनन् भन्दा पत्याउन गाह्रै हुन्छ । तर उनको अनुभवमा आधारित विश्लेषण यस्तो छ– ‘साधारण जीवनयापनका लागि पैसा सबैभन्दा महत्वपूर्ण चिज हो तर एउटा खास स्थानमा पुगेपछि पैसाको कुनै अर्थ छैन त्यो त केवल एउटा नम्बर मात्रै हो ।’

सफल व्यवसायी बिनोद चौधरीले पैसाको सन्दर्भमा अनेक रोचक अनुभव र उदाहरणको चर्चा गरेका छन् । दृश्य टेलिभिजनले चौधरीसँग पैसा र अन्य विविध पक्षमा वार्तालाप गरेको छ । यसपटक पैसाको सेरोफेरोमा भएको वार्तालाप हेरौं ।

यो लिङ्कमा क्लिक गर्नुहोस् र खर्बपतिको पैसा अनुभव हेर्नुहोस्– 

 

ताजा खबर