कोपा इटालिया:  एटालान्टा फाईनल पुग्यो

२०७७ माघ २९ बिहीबार ११:३०:०० मा प्रकाशित

एटालान्टा नापोलीलाई समग्रमा तीन एक गोलले पराजित गर्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । एटालान्टाले उपाधीका लागि क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसको सामना गर्नेछ ।

नापोलीको मैदानमा भएको सेमीफाइनलको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो । गएराती भएको दोस्रो लेगमा एटालान्टाले घरेलु मैदानमा तीन एकको सहज जीत हात पार्यो । दशौं मिनेटमा डुभान जापटाको गोल मार्फत एटालान्टाले खेलमा अग्रता लिएको थियो । १६ औं मिनेटमा माटियो पेसिनाले अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा इयरबिङ लोजानोले गोल गर्दै नापोलीको आश जगाएका थिए । तर ७८ औं मिनेमा पेसिनाले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमको जीत सुनिश्चित गराए । उनले दुवै गोल जापटाको पासमा गरेका थिए ।

 एटालान्टाले सन २०१९ को फाइनलमा लासियो संग हार बेहोरेको थियो । उसले क्लब इतिहासमा  अहिलेसम्म मात्र एक पटक प्रमुख प्रतियोगिताको उपाधी जितेको छ । जुन १९६३ मा कोपा इटालियाकै उपाधी थियो । फाइनल खेल १९ मे मा हुनेछ ।  युभेन्टस इन्टर मिलानलाई हराउँदै फाइनल प्रवेश गरेको हो । युभेन्टस १४ पटक कोपा इटालियाको उपाधी जित्ने लक्ष्यमा छ ।  

ताजा खबर