बार्सीलोना कोपा डेल रे अन्तर्गत सेमीफाइनलको पहिलो लेगमा पराजित 

२०७७ माघ २९ बिहीबार ११:२४:०० मा प्रकाशित

बार्सीलोना कोपा डेल रे अन्तर्गत सेमीफाइनलको पहिलो लेगमा पराजित भएको छ । सेभियाले बार्सालाई दुइ शून्य गोलले हराएको हो । सेभियाका लागि बार्साका पूर्व खेलाडी इभान र्याकिटिचले एक गोल गरे ।

सेभियाको मैदानमा भएको खेलमा २५ औं मिनेटमा जु कुन्देले गोल गर्दै बार्सा विरुद्ध अग्रता दिलाएका थिए । सुरुवातमै गोल खाएको बार्सा खेलमा फर्कन सकेन । ८५ औं मनिेटमा र्याकिटिचले पूर्व क्लब विरुद्ध गोल गरेपछि सेभियाले दुइ शून्यको अग्रता लिएको छ । र्याकिटिच गत अगस्टमा मात्र बार्साबाट सेभिया आएका हुन्  । उनले बार्सा बाट कूल एघार उपाधी जितेका छन् ।

 

खेलको अन्तिममा लियोनल मेसीले अवे गोल गर्ने सुनौलो मौका पाएका थिए । तर उनको फ्रि किक सेभिया गोलकिपरले उत्कृष्ट बचाउ गरिदिए । तीन वर्ष अघि फाइनलमा बार्साले सेभियालाई पाँच शून्य गोलले पराजित गरेको थियो । सेमीफाइनलको दोस्रो लेग तीन मार्चमा बार्साको मैदानमा हुनेछ । 

ताजा खबर