टोटेनहम  एफए कपबाट बाहिरियो

२०७७ माघ २९ बिहीबार ११:१७:०० मा प्रकाशित

टोटेनहम एभर्टनसँग पराजित हुँदै एफए कपको अन्तिम १६ बाट बाहिरिएको छ । गएराती भएको खेलमा एभर्टनले टोटेनहमलाई पाँच चार गोलले पराजित गर्यो । नौ गोल भएको खेलमा बर्नान्ड नायक सावित भए ।

एभर्टनको मैदान गुडिसन पार्कमा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल देखिएको थियो । दुवै टिमले सशक्त प्रदर्शन गरेका थिए । तर  टोटनहमलाई झड्का तव लाग्यो जब बर्नान्डले अतिरिक्त समयको सातांै मिनेटमा गोल गरे । तेस्रो मिनेटमानै डाभिन्सन सान्चेजले गोल गर्दै पाहुना टोली टोटेनहमलाइ अग्रता दिलाएका थिए । ३६ आंैं मिनेटमा डोमिनिभ काल्भर्ट लेविनले बराबरी गोल फर्काए । ३८ औं मिनेटमा रिचार्लिसनको गोल मार्फत एभर्टन अघि रह्यो । ४३ औं मिनेटमा एभर्टनका गिल्फी सिगुर्डसनले पेनाल्टिमा गोल गरे ।

 

इन्जुरी समयमा एरिक लामेलाले गोल गर्दै एभर्टनसँगको दूरी तीन दुइमा झारे । ५७ औं मिनेटमा सान्चेजले टोटेनहमका तर्फबाट बराबरी गोल फर्काए । ६८ औं मिनेटमा रिचार्लिसनले बयक्तिगत दोस्रो गोल गरेपछि एभर्टनले फेरि खेलमा अग्रता बनाएको थियो । ८३ औं मिनेटमा हेरी केनले गाृल गरेपछि  निर्धारित समयको खेल  चार चार गोलको बराबरीमा पुग्यो ।

 त्यसपछि अतिरिक्त समयमा भने एभर्टनले बाजी मार्यो । ९७ औं मिनेटमा बर्नान्डको गोलले एभर्टनलाई अन्तिम आठमा पुर्याउँदा टोटेनहमको यात्रा प्रि क्वाटरफाइनलमानै समाप्त भयो । लेस्टर सिटीले ब्राइटनलाई हराएर अन्तिम आठमा स्थान सुरक्षित गर्यो । लेस्टरका लागि एक मात्र निर्णायक गोल केलेची इहिनाचाले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । शेफिल्ड युनाइटेडले  दश खेलाडीमा समेटिएको ब्रिस्टोल सिटीमाथि एक शून्यकै जीत हात पार्यो । 

ताजा खबर