म्यानचेस्टर सिटी नयाँ इतिहास रच्दै एफए कपको अन्तिम आठमा 

२०७७ माघ २९ बिहीबार ११:१२:०० मा प्रकाशित

म्यानचेस्टर सिटी, इङलिस फुटवलमा नयाँ इतिहास रच्दै एफए कपको अन्तिम आठमा प्रवेश गरेको छ । गएराती भएको प्रि क्वाटरफाइनलमा सिटीले स्वान्सी सिटीलाई तीन एक  गोलले पराजित गर्यो ।

स्वान्सीलाई उसकै मैदानमा पराजित गर्दा केल वाल्कर, रहिम स्र्टलिङ र गाब्रिएल जेसुसले गोल गरेका थिए ।  सिटीले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छ । पेप ग्वार्डिवालाको टोलीको घरेलु प्रतिस्पर्धामा यो लगातार १५ औं जीत हो । सिटीले सन १८९१–९२ मा प्रिस्टोल र १९८७–८८ मा आर्सनले बनाएको १४ जीतको कीर्तिमानलाई उछिनेको हो । जीतपछि प्रशिक्षक ग्वार्डिवालाले आफन खेलाडीलाई विषेश भन्दै सम्मान ब्यक्त गरेका थिए । यो कीर्तिमान कुनै दिन कुनै टिमले  अवश्य पनि तोड्छ , किनकी  खेलनै यस्तै हुन्छ । तर यो किर्तिमान हाम्रा लागि विषेश रहन्छ ग्वार्डिवालाले भने । 

३० औं मिनेटमा वाल्करको गोल मार्फत सिटीले अग्रता लिएको थियो । ४७ औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए । दुवै पटक रोद्रिले पास उपलब्ध गराएका थिए । ५० औं मिनेटमा  जेसुसले बर्नान्डो सिल्भाको सहयोग गोल गरेपछि सिटी तीन शुन्यले अघि रहेको थियो । ७७ औं मिनेटमा मोर्गन विटेकरले सान्त्वाना गोल फर्काए । दोस्रो डिभिजनको लिग च्याम्पियनपसिपको तेस्रो स्थानमा रहेको स्वान्सी प्रिमियर लिगमा उक्लिने प्रयासमा छ ।  सिटीले १५ औं जीत हात पार्दा ४० गोल गरेको छ भने मात्र पाँच गोल खाएको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहँदै पाँच अंकको अग्रता बनाएको सिटी लिग कपको पनि उपाधी नजिक पुगेको छ । 

ताजा खबर