एपीएफ क्लबले लियो पाँच अंकको अग्रता

२०७७ माघ २८ बुधबार १९:४९:०० मा प्रकाशित

काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई कायमै राख्दै तालिकामा स्पष्ट पाँच अंकको अग्रता लिएको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई आठ शून्य गोलले पराजित गर्यो । एपीएफको यो लगातार आठौं जीत हो । एपीएफले खेल सुरु भएको २१ सेकेन्ड देखि गोल गर्न सुरु गरेको थियो । अनिता बस्नेतले  गोलको खाता खोलेकी थिइन् । छैटौं मिनेटमा सावित्रा भण्डारीले अग्रता दोब्बर पारिन् । ३२ औं मिनेटमा उनैले गोल गर्दा चन्द्रपुर पहिलो हाफमा तीन शून्यले पछि पर्यो । 

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि उच्च फर्ममा रहेको एपीएफलाई थप गोल गर्न बाट रोक्न सकेन् । ४७ औं मिनेटमा साबित्राले पहिलो ह्याट्रिक पुरा गरिन् । ५४ औं मिनेटमा अनिताले फेरी गोल गर्दै टिमलाई पाँच शून्यले अघि राखिन् । त्यसपछि स्टार स्ट्राइकर सावित्राले लगातार गोल गरिन्  । उनले ६०, ६२ र ७९ औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन् । एपीएफ आठ खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।  दोेस्रो स्थानको त्रिभुवन आर्मी फुटवल क्लबलको १९ अंक छ ।  

 

ताजा खबर