युभेन्टस पुग्यो कोपा इटालियाको फाइनलमा 

२०७७ माघ २८ बुधबार १२:३६:०० मा प्रकाशित

युभेन्टस समग्रमा इन्टर मिलानलाई दुइ एक गोलले पराजित गर्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्टसको मैदानमा गएराती भएको सेमीफाइनलको दोस्रो लेग गोल रहित बराबरीमा सकियो । 

म्यानचेस्टर युनाइटेडका पुर्व स्ट्राइकर रोमेलु लुकाकु र असरफ हाकिमीले इन्टरका लागि गोल गर्ने मौका गुमाए । क्रिस्टियानो रोनाल्डोको दुइ प्रहार इन्टरका गोलकिपरले बचाएपछि खेल गोल रहित बराबरीमा टुंगिएको हो ।  पहिलो लेगमा युभेन्टसले मिलानलाई उसकै मैदानमा दुइ एक गोलले पराजित गरेको थियो । इन्टरले लौतारा मार्टिनेजको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । तर रोनाल्डोले दुइ गोल गर्दै युभन्टसलाई दुइ एकको अग्रता दिलाएका थिए । 

सोही अग्रता युभेन्टसलाई फाइनल पुग्न निर्णायक बन्यो । अब उपाधीका लागि उसले नापोली र एटालान्टा बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुइ बीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो । गत सिजन युभेन्टस नापोलीसँग फाइनलमा पेनाल्टिमा पराजित भएको थियो । युभेन्टस १३ पटकको कोपा इटालिया च्याम्पियन हो ।  

ताजा खबर