रियाल मड्रिड दोस्रो स्थानमा उक्लियो

२०७७ माघ २८ बुधबार १२:२९:०० मा प्रकाशित

 साविक विजेता रियाल मड्रिड स्पेनिस लिग ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा रियालले गेटाफो माथि दुइ शून्य गोलको जीत हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियाल पहिलो रोजाइका नौ जना खेलाडीविना मैदानमा उत्रिएको हो । कोही घाइते छन भने कोही प्रतिबन्धमा परेका छन् । तर उसले सुरुवात देखीनै खेलमा दवाव बनायो । जिनेदिन जिदानको टोलीले पहिलो हाफ गोल रहति बराबरी खेलेको थियो । ६० औं मिनेटमा करिम बेन्जिमाले जुनियर भिनिसियसको पासमा गोल गर्दै रियालको खाता खोले ।

 ६६ औं मिनेटमा मार्शेलोको सहयोगमा फर्लान्ड मेन्डीले अग्रता दोब्बर पारेका थिए । जिदानको टोलीमा सर्जियो रामोस, इडेन हाजार्ड, फेड्रिको भल्भार्डे, टोनी क्रुज लगायतका खेलाडीको उपस्थिती थिएन् । जीतपछि दोस्रो स्थानमा उक्लिएको रियाको २२ खेलबाट ४६ अंक छ । दुइ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानको बार्सीलोनाको २१  खेलबाट ४३ अंक छ   ।  

ताजा खबर