ओलम्पिक आयोजक अध्यक्ष विवादमा, महिलाहरु क्रुध्द

२०७७ माघ २८ बुधबार १२:२३:०० मा प्रकाशित

टोकियो । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष, योशीरो मोरीले महिला माथि गरेको टिप्पणीमा ढिलो गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले प्रतिृकया दिएको छ । आइओसीले उनको अभिब्यक्ति पूर्णरुपमा अनुचित भएको उल्लेख गरेको छ ।

जापानको पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षिय मोरीले महिलाहरु धेरै बोल्छन् भन्दै विभेदपुर्ण अभिब्यक्ति दिएका थिए । उनले महिलाहरु सहभागी भएको कार्यसमिति बैठकमा उनीहरु धेरै बोल्ने हुँदा समय लम्बिने भनाइ राखेका थिए । उनको यो भनाइको वापानमा ब्यापक विरोध भइरहेको छ । उनको राजीनामा  पनि माग गरिएको छ । 

टोकियो ओलम्पिकमा सहभागी चार सयभन्दा बढी स्वयम सेवकले त मोरीको अभिब्यक्ति पछि काम नै छोडेका छन् । गत बुधबार मोरीले महिला बीच बोल्न प्रतिस्पर्धा नै हुने गरेको पनि जनाएका थिए । राजीनामा मागपछि माफी माग्दै मोरीले पद नछोड्ने बताएका थिए । तर उनले आफ्नो भनाइ प्रति भने अहिलेसम्म केही बोलेका छैनन् । सुरुवातमा आइओसीले पनि यो विषय टुंगिसकेको बताएको  थियो । टोकियो ओलम्पिक आयोजक समितिले पनि मोरीको भनाइलाई अनुचित भनेको छ । उसले लैङगिक समानताका लागि फेरी आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

ताजा खबर