आईपिएलको अक्सनमा सचिन तेन्दुलकरका छोरा अर्जुन पनि सहभागी, मूल्य २० लाख  

२०७७ माघ २७ मंगलबार १९:४५:०० मा प्रकाशित

 काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग आइपिएलका लागि आगामी फेब्रुअरीमा हुने अक्सनका लागि विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्डुलकरका छोरा अर्जुनले पनि आफ्नो नाम दर्ता गराएका छन् । 

अक्सनमा एक हजार ९७ खेलाडीले छन् । जसमा भारतबाट अर्जुन सहित आठ सय १४ र दुइ सय ४८ विदेशी खेलाडी छन् । भारतीय संचारमाध्यमले जनाए अनुसार अर्जुनले आफ्नो बेस प्राइस २० लाख राखेर अक्सनमा नाम दर्ता गराएका हुन् । उनी आइपिएलको सर्वाधिक सफल क्लब मुम्बइ इन्डियन्सका नेट वलर हुन् । अर्जुनले यो पटक मुम्बइको तर्फबाट सैयद मुश्ताक अली ट्रफी पनि खेलेका थिए । बायाँ हाते तीव्र गतिका बलर उनको प्रशर्दन भने त्यति सुखद रहेन ।

आइपिएलको अक्सन भारत र इङल्यान्ड बीचको दोस्रो टेस्टको एक दिन पछि चेन्नाइमा हुनेछ । नेपाली समय अनुसार १८ फेबु्रअरीको दिउँसो सवा तीन बजे अक्सन सुरु हुनेछ । 

अक्सनमा नेपालका पनि आठ खेलाडीको नाम दर्ता गरिएको छ । कोरोना भाइरसका कारण गत वर्षको आइपिएल युएइमा खेलाइएको थियो । यस पटक भने भारतमानै हुने संभावना उच्च रहेको बताईएको छ ।

ताजा खबर