आर्मीसँग वालिङ नगरपालिका स्याङजा दुइ शून्य गोलले पराजित 

२०७७ माघ २७ मंगलबार १९:२९:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी फुटवल क्लबले राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिका स्याङजालाई दुइ शून्य गोलले पराजित गरेको छ । जीतपछि आर्मीले उपाधी जित्ने आशा जिवीतै राखेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले खेल सुरु भएको पहिलो मिनेटमानै गोल गरेको थियो । उसका लागि शर्मिला थापाले गोलको खाता खोलेकी थिइन् । पहिलो हाफ सकिन तीन  मिनेट बाँकी हुँदा वालिङकी  पुष्पा गुरुङले आफ्नै पोस्टमा गरेपछि आर्मी दुइ शून्यले अघि रहेको थियो । दोस्रो हाफमा आर्मीले थप गोल गर्न सकेन् ।

 वालिङ पनि खेलमा फर्किएन् । ८३ औं मिनेटमा वालिङ दश खेलाडीमा झरेको थियो । क्यामरुनकी खेलाडी किओमेग्रे भेनेसा नोइली  दोहोरो पहेंलो कार्ड खादै मैदान बाहिएिकी थिइन् । तर यसको फाइदा आर्मीले उठाउन सकेन् । जीतपछि आर्मीलेल शीर्ष स्थानको एपीएफ क्लब संगको दुरी दुइ अंकमा झारेको छ। दोस्रो स्थानमा रहेको   उसको सात खेलबाट १९ अंक छ । एपीएफको सात खेलबाट २१ अंक छ । वालिलङ तेस्रो स्थानमा छ । 

खेलपछि आर्मीका प्रशिक्षक राजु तामाङले वलियो प्रतिद्धन्दी वालिङ विरुद्धको जीतले खुशी भएको प्रतिकृया दिए । सुरुवातमै गोल भएकाले सहज भएको बताउँदै प्रशिक्षक तामाङले आफ्नो टोलीको डिफेन्डरले उत्कृष्ट प्रदर्शन गर्दै वालिङका स्ट्राइकरलाई रोकेको बताए । वालिङका प्रशिक्षक दिलिप थापाले सुरुवातमै गोल खानाले खेलाडी दवावमा आएको उल्ल्ेख गरे । खेलाडीले राम्रो खेलपनि गोलले खेलको सिनारियोनै परिवर्तन गरिदिएको उनको भनाइ थियो । 

ताजा खबर