‘आर्थिक परनिर्भरताले राजनीतिमा सफल हुन सकिँदैन’

२०७७ माघ २७ मंगलबार १६:२३:०० मा प्रकाशित

  काठमाडौं । तस्बिर खिच्दै गर्दा अपरान्हतिर मकवानपुरगढीमा अचानक भेटिए इन्द्र बानियाँ । गढीको दृश्यावलोकन गर्दैगर्दा आँखा उनीमाथि ठोक्किन पुग्यो । वरपर नियाली रहेका बेला झुलुक्क देखिएका बानियाँसँग चिनाजान त थियो नै ।  ३ नम्बर प्रदेशको राजनीतिमा नेतृत्वमै क्रियाशील एकजना नेतासँग भेटेको अवसरमा किन भलाकुसारी नगर्ने भन्ने खुल्दुली भयो र उनीसँग प्रस्ताव राखें । तयार भए बानियाँ कुरा गर्न । 

 यस क्षेत्रका सफल व्यवसायी भनेर चिनिएका बानियाँ नेपाली कांग्रेसका नेता पनि हुन् । प्रदेश सभामा कांगेसको नेतृत्व गर्दै प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका समेत निर्वाह गरिरहेका बानियाँ प्रष्ट वक्ता पनि रहेछन् । पछिल्लो संसदीय निर्वाचन हुनुअघि गृहराज्य मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव पनि छ उनीसँग । 

 थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टका शिष्य बानियाँ कम्युनिष्ट पार्टीले देश चलाउन सक्दैनन् भन्ने निष्कर्षमा पुगेर नेपाली कांग्रेस पसेका रहेछन् ।

निर्माण व्यवसाय र अन्य विविध व्यापारिक कारोबारमा संलग्न बानियाँ राजनीतिमा लागेका मानिसले आफ्नो घरपरिवार राम्रोसँग चलाउने आम्दानी आफैं गर्न सक्षम हुनुपर्छ भन्ने मान्यता राख्दा रहेछन् । राजनीतिलाई नै पेशा बनाउने नेताले नेतृत्व गरिरहेकाले नै देशको अवस्थामा सुधार हुननसकेको उनको विश्वास रहेछ । आफ्नो र परिवारको जीवन निर्वाह गर्न पुग्ने आर्थिक बन्दोवस्त आफैं गर्न नसक्दा अरुको भर पर्नुपर्ने हुन्छ । परनिर्भरताले राजनीतिलाई सफल हुन दिँदैन भन्ने प्रष्ट धारणा छ नेता ईन्द्र बानियाँको । 

उनले यसबारेमा दृश्य टेलिभिजनका लागि चन्द्रशेखर कार्कीसँगको कुराकानीमा अरु रोचक चर्चा पनि गरेका छन् । 

त्यसको बाँकी अंश हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला– 

 

ताजा खबर