फिफा क्लब विश्वकप: बायर्न म्युनिख र टिग्रेसबीच भिडन्त

२०७७ माघ २७ मंगलबार ११:४८:०० मा प्रकाशित

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधीका लागि बायर्न म्युनिख र टिग्रेस बीच प्रतिस्पर्धा हुने भएको छ । बायर्न, अल आहलीलाई दुइ शून्य गोलले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

कतारमा गएराती भएको सेमीफाइनलमा युरोपियन च्याम्पियन बायर्नको जीतमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । १७ औं मिनेटमा लेवान्डोस्कीले सर्जि जिनाब्रीको सहयोगमा गोल गरेपछि जर्मन क्लब बार्यन एक शून्यले अघि रह्यो ।

 पहिलो हाफमा बायर्नले अफ्रिकन च्याम्पियन आहली विरुद्ध अग्रता लिने केही अवसरको सदुपयोग गर्न सकेन । २४औं मिनेटमा मार्क रोकाको प्रहार बाहिरियो । ३७ औं मिनेटमा लेवान्डोस्कीको प्रहार पनि आकाशियो । ५८ औं मिनेटमा थोमस मुल्लरको हेडर आहलीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए । ८५ आंैं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्न इजिप्टियन क्लब आहली माथि दुइ शून्यको सहज जीत निकाल्न सफल भयो ।

 

यो सिजनमा उनको यो २७ खेलमा २९ औं गोल हो । अब उपाधीका लागि बिहीबार बायर्न र टिग्रेस आमने सामने हुनेछन् । मेक्सिकन क्लब टिग्रेस ब्राजिलको पाल्मेरासलाई हराएर फाइनल पुगेको हो । आहली र पाल्मेरास तेस्रो स्थानका लागि भिड्नेछन् । बायर्नले यसअघि सन २०१३ मा क्लब विश्वकपको उपाधी जितेको थियो । 

ताजा खबर