निर्णायक हुन सकेन लुइस स्वारेजको दुइ गोल 

२०७७ माघ २७ मंगलबार ११:४१:०० मा प्रकाशित

लुइस स्वारेजले दुइ पटक गोल गरेपनि स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा लिग लिडर एट्लेटिकोले सेल्टासँग दुइ दुइ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा एटलेटिको एक शून्यले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो । पाहुना टोलीका लागि १३ औं मिनेटमा सान्टि मिनाले गोल गर्दै अग्रता दिलाए । एटल्टिकोले पहिलो हाफमानै खेल बराबरी गर्यो । ४५ औं मिनेटमा स्वारेजले गोल गरे । उनैले ५० औं मिनेटमा गोल गरेपछि एटल्टिकोले खेलमा अग्रता बनाएको थियो । 

डिएगो सिमोयानीको टोलीले जारी सिजन लिगमा १७ औं जित हात पार्ने अनुमान गरिएको थियो । तर ८९ औं मिनेटमा फाकुन्डो फेरेराले बराबरी गोल फर्काएपछि एट्लेटिको स्पष्ट जीत बाट चुक्यो । यसका अतिरिक्त एट्लेटिकोले बार्सीलोना र रियाल मड्रिडसँग स्पष्ट आठ अंकको अग्रता बनाएको छ । एट्लेटिकोको २० खेलबाट ५१ ंअक छ । उसले बार्सा र रियाल भन्दा एक खेल कम खेलेको छ । दोस्रो स्थानको बार्सा र तेस्रो स्थानको रियालको २१ खेलबाट समान ४३–४३ अंक छ ।  

ताजा खबर