अस्ट्रेलियन ओपन टेनिस:  नोभाक जोकोभिच दोस्रो चरणमा

२०७७ माघ २६ सोमबार २१:२२:०० मा प्रकाशित

 साविक विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । विश्व नम्बर एक सर्वियन जोकोभिचले फ्रान्सका साडीलाई तीन शून्यको सोझो सेटमा पराजित गरे । उनले पहिलो सेट ६–३ ले जितेका थिए । दोस्रो सेट ६–१ र तेस्रो सेट ६–२ ले जित्दै  उपाधी रक्षाको यात्रा सुरु गरेका छन् । जोकोभिच साडीसँगको १४ भेटमा अपराजित छन् । जर्मनीका अलेक्जनेन्डर जेरेभले अमेरिकाका मार्कोस गिरोन माथि कठिन जीत हात पारे । उनले पहिलो सेट ६–७ ले गुमाएका थिए । 

दोस्रो सेट टाइब्रेकरमा सात –६ ले जिते । तेस्रो र चौथो सेट ६–३, ६–२ को जीत्दै जेरेभले दोस्रो चरणमा स्थान बनाए । अस्ट्रियाका डोमिनिक टिमले काजकिस्तानका मिखाइल कुकुस्किनलाई सोझो सेटमै पराजित गरे । उनले पहिलो सेट टाइब्रेकरमा ७–६ ले जितेका थिए । युएस ओपन च्याम्पियन टिमले दोस्रो सेट ६–२ र तेस्रो सेटमा ६–३ को जीत हात पारे । 

क्यानडाका मिलोस राओनिकले अर्जेन्टिनाका फेडेरिको कोडियालाई ६–३, ६–३, ६– २ को सोझो सेटमा हराए । स्विस स्टान वावरिन्काले पोर्चुगलका पेड्रो सौसालाई ६–३, ६–२, ६–४ को सेटमा पराजित गरे । घरेलु खेलाडी निक किर्गियोस पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।  

फ्रान्सका गेइल मोफिस भने फिनल्यान्डका २१ व्र्षिय एमिल रुसोभरीसँग पाँच सेटमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए । 

 

ताजा खबर