मैदानमा पसेको दुई मिनेटमै मेसीले गरे गोल

२०७७ माघ २६ सोमबार ११:२३:०० मा प्रकाशित

स्पेनिस लिग ला लिगामा बार्सीलोनाले रियाल बेटिस माथि तीन दुइ गोलको जीत हात पारेको छ । बार्साको जीतमा सब्सिच्युट लियोनल मेसीले गोल गरे ।

घरेलु टोली बेटिसले ३८ औं मिनेटमा बार्सा विरुद्ध अग्रता लिएको थियो । उसका लागि बोर्जा इग्लेसियासले गोल गरेका थिए । प्रशिक्षक रोनाल्ड कोमनले  पहिलो हाफमा आराम दिएका मेसीलाइ ५७ औं मिनेटमा मैदान पठाए । 

मैदान प्रवेश गरेको दुइ मिनेटमै मेसीले गोल गर्दैै खेल बराबरी गरे । उनको यो सिजनको १६ औं गोल हो  । ६८ औं मिनेटमा बेटिसका भिक्टर रुइजले आफ्नै पोस्टमा गोल गरेपछि बार्सा खेलमा दुइ एकले अघि रह्यो । ७५ औं मिनेटमा रुइजलेनै फेरी गोल गरेपछि खेल दुइ दुइको सि्थतीमा पुगेको थियो । तर ८७ औं मिनेटमा माचादो टि्रनकाओको गोल संगै बार्साले तीन अंक जोड्यो । 

जीतपछि बार्सा २१ खेलबाट ४३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उकि्लएको छ । शीर्ष स्थानको एट्लेटिको मडि्रडको १९ खेलबाट ५० अंक छ । तेस्रो स्थानमा रहेको साविक विजेता रियाल मडि्रडको २१ खेलबाट ४३ अंक छ ।

ताजा खबर