हेरी केनले सवैलाई आर्चश्यचकित पारे

२०७७ माघ २५ आइतबार २०:१४:०० मा प्रकाशित

 इङलिस प्रिमियर लिगमा टोटेनहमले वेस्टब्रोमलाई उसकै मैदानमा दुइ शून्य गोलले पराजित गरेको छ ।

आज साँझ भएको खेलमा जोजे मोरिन्होको टिमले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुइ गोल गरेको हो । हेरी केन सवैलाई आर्चश्यचकित पार्दै एकदम छिटो चोटमुक्त भएर मैदान फर्किएपछि टोटेनहमको गोलको खडेरी पनि तोडियो । एंकलमा चोट लागेपछि कम्तीमा अर्को सातासम्म केनले आराम गर्ने अनुमान लगाइएको थियो । तर आजको खेलमानै उपलब्ध भएका केनको आगमनसँगै टोटेनहमको तीन खेल देखिको हारको श्रृङ्खलामा पनि पूर्णविराम लाग्यो ।

 ५४ औं मिनेटमा केनले टोटेनहमलाई ब्रेकथ्रु दिएका थिए । उनको यो लिगमा सिजनको १३ औं गोल हो । सना हिउङ मिनले  ५८ औं मिनेटमा लुकास मौराको पासमा गोल गरेपछि टोटेनहमले लिगमा पुनरागमन गरेको छ । सातौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३६ अंक छ । 

ताजा खबर