निःशुल्क शास्त्रीय संगीत सिक्न पाइने

२०७७ माघ २५ आइतबार २०:०७:०० मा प्रकाशित

काठमाडौं ।  शास्त्रीय संगीत सिक्न चाहनेहरूले निःशुल्क सिक्न पाउने भएका छन् । नेपाल शास्त्रीय संगीत समाजले निःशुल्क शास्त्रीय संगीतको शिक्षा दिने भएको हो । 

देशभरका शास्त्रीय संगीतका विद्यार्थीहरूमध्येबाट एक जनालाई यस्तो अवसर दिइने समाजले आफ्नो विज्ञप्तिमा बताएको छ ।

नेपाली शास्त्रीय संगीतको विकास गर्ने उद्देश्यका साथ गुरूकुल संगीत शिक्षा योजना २०७७ अन्तर्गत समाजले यो अवसर प्रदान गर्न लागेको हो । छनोट भएको एक जनालाई गुरूकुल पध्दतिमा राखि संगीत शिक्षा प्रदान गर्ने समाजले बताएको छ । 

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले निःशुल्क खान, बस्न र संगीत शिक्षा आर्जन गर्न सक्नेछ । छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीले समाजको कार्यालयमा आफैं उपस्थित हुनुपर्ने तथा समाजको इमेलमा निवेदन पठाउनुपर्ने छ । छात्रवृत्तीको अवधी ६ महिनाको हुनेछ । थप ६ महिना बढाउन पनि सकिने समाजले बताएको छ । 

 

छात्रवृत्तिबारे थप जानकारीकालागि तलको तस्बिर हेर्नुहोला ।

ताजा खबर