स्याङजासँग पुलिसको पराजय

२०७७ माघ २५ आइतबार १९:५४:०० मा प्रकाशित

काठमाडौं । राष्टि्रय महिला लिगमा नेपाल पुलिस क्लबले लगातार दोस्रो हार बेहोरेको छ । आईतबारको खेलमा वालिङ नगरपालिका स्याङजासँग पुलिस एक शून्य गोलले पराजित भयो ।

सातदोबाटोसि्थत एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । दोस्रो हाफको सुरुवातमै वालिङले पुलिस विरुद्ध अग्रता लियो । ५८औं मिनेटमा क्यामरुनी खेलाडी मिथो एलुडाइ रुथले  वालिङको लागि गोल गरिन् । त्यसपछि पुलिस खेलमा फर्कन सकेन र लगातार दोस्रो खेलमा विभाग भन्दा बाहिरको टिमसँग हार्न पुग्यो ।

 यसअघि उसले विराटनगरसँग समान गोल अन्तरको हार बेहोरेको थियो । लिग चरणको पहिलोृ खेलमा पनि वालिङले पुलिसलाई  एक एक गोलको बराबरीमा रोकेको थियो । त्यतिवेला पनि वालिङका तर्फबाट रुथलेनै गोल गरेकी थिइन् ।  वालिङ सात खेलबाट एघार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उकि्लएको छ । पुलिस भने पाँचौ स्थानमा झर्यो  । उसको सात खेलबाट मात्र ८ अंक छ । 

ताजा खबर