रियाल मड्रिडको पुनरागमन जीत

२०७७ माघ २५ आइतबार ११:५६:०० मा प्रकाशित

स्पेनिस लिग ला लिगामा साविक विजेता रियाल मडि्रडले वेस्का माथि पुनरागमन जीत हात पारेको छ । 

रियालले पहिलो हाफ गोल रहित बराबरी खेल्यो । ४८ औं मिनेटमा जाभी गालनले काउन्टर अट्याक्टमा गोल गरेपछि घरेलु टोलीले रियाल विरुद्ध अप्रत्यासित अग्रता लिएको थियो । वेस्कासँगको खेल अघि संचारमाध्यमबाट सम्मानको माग गरेका जिनेदिन जिदानको टोली रियाललाई रफायल भरानले खेलमा फर्काए । उनले ५४ र ८४ औं मिनेटमा गोल गरेपछि रियाल हार बाट जोगियो । 

जीतपछि दोस्रो स्थानमा उकि्लएको रियाकलो २१ खेलबाट ४३ अंक छ ।  शीर्ष स्थानको एट्लेटिको मडि्रडको १९ खेलबाट ५० अंक छ ।  यो जीतले जिदानलाइ केही राहत मिलेको छ । रियालले पछिल्ला पांच खेलमा मात्र एक अंक बटुलेपछि संचारमाध्यममा प्रशिक्षक जिदानको आलोचना भएको थियो । सोही कराण आक्रोसित जिदानले आफ्नो टोली अझै पनि उपाधीको दावेदार भएको प्रतिृकया दिएक  थिए । वेस्का २० खेलबाट १६ जोड्दै तालिकाको पुच्छारमा छ । 

ताजा खबर