रोनाल्डोको गोलले युभेन्टसको अग्रता

२०७७ माघ २५ आइतबार १०:३१:०० मा प्रकाशित

क्रिसि्टयानो रोनाल्डोले सिजनको २३ औं गोल गरेपछि युभेन्टसले इटालियन लिग सिरी या मा रोमालाई पराजित गरेको छ । रोमालाई दुइ शून्य गोलले हराउँदै युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उकि्लयो ।

घरेलु मैदानमा भएको खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए । योसँगै उनले तीन खेलदेखिको गोलको खडेरी पनि तोडे । गत शुक्रबार ३६ वर्ष पुगेका रोनाल्डोको प्रदर्शन भने सधैझै स्तरीय रह्यो । उनले पहिलो हाफ अघि दोस्रो गोलको अवसर गुमाएका थिए । ६९ औं मिनेटमा रोमाका रोजर इबानेसले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसले दुइ शून्यको सहज जीत हात पार्यो । 

सवै प्रतियोगितामा गरी आन्द्रे पिर्लोको टोलीको यो लगातार छैटौं जीत हो । युभेन्टस रोमालाई उछिन्दै तालिकाको तेस्रो स्थानमा उकि्लएको छ । उसको २० खेलबाट ४२ अंक छ । जुन शीर्ष स्थानको इन्टर मिलान भन्दा पाँच अंक कम हो । युभेन्टसले इन्टर भन्दा एक खेल कम खेलेको छ । इन्टरको २१ ख्ेलबाट ४७ अंक छ । दोस्रो स्थानको एसी मिलानको २० अ‍ेलबाट ४६ र चौथो स्थानको रोमाको २१ ख्ोलबाट ४० अंक छ ।  

ताजा खबर