फाइबर्गसँग डर्टमन्ड दुइ एक गोलले पराजित

२०७७ माघ २५ आइतबार १०:२६:०० मा प्रकाशित

जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमन्डको खराब प्रदर्शन जारी छ । गएराती भएको खेलमा फाइबर्गसँग डर्टमन्ड दुइ एक गोलले पराजित भयो ।

फाइबर्गको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ४९ औं मिनेटमा झियोङ जो योङले २५ यार्डबाट सुन्दर गोल प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । जोनाथन स्मिथले ५२ औं  मिनेटमा प्रहार गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि डर्टमन्ड दुइ शून्यले पछि परेको थियो । ७६ औं मिनेटमा १६ वर्षिय यौसुफा मौकोकोले अर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेपछि डर्टमन्डको हार टार्न सकेनन् । जीतपछि फाइबर्ग डर्टमन भन्दा मात्र दुइ अंकले पछि छ ।

 डर्टमन्ड २० खेलबाट ३२ अंक जोड्दै तालिकाको छैटौ स्थानमा छ । खराब लयका कारण उसको च्यामि्पयन्स लिगमा छनोट हुने संभावना पनि कमजोर बनिरहेको छ । फाइबर्गको ३० अंक जोड्दै आठौं स्थानमा उकि्लयो । अर्को खेलमा लिग लिडर बायर्न म्युनिखलाइ पछ्याइरहेको लाइपिजगले साल्केलाइ तीन शुन्यले हरायो । बायर्नको ४८ र दोस्रो स्थानको लाइपजिगको ४१ अंक छ । 

ताजा खबर