इङलिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

२०७७ माघ २५ आइतबार १०:०८:०० मा प्रकाशित

काठमाडौं । म्यानचेस्टर युनाइटेड इङलिस प्रिमियर लिगमा एभर्टनसँग तीन तीन गोलको बराबरीमा रोकिएको छ । एभर्टनले नाटकीय रुपमा इन्जुरी समयको अन्तिम मिनेटमा गोल फर्काएपछि युनाइटेडले जीत नजिक पुगरे पनि अंक बाँड्न बाध्य भयो । 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुइ शून्यको अग्रता जोगाउन सकेन । म्युनिख एयर डिजास्टरको ६३ औं वर्ष पुगेको दिन भएको खेलमा युनाइटेडले २४ औं मिनेटमा गोलका खाता खोलेको थियो । उसका लागि मार्कस ¥यासफर्डको सहयोगमा इडिसन कभानीले हेडर गोल गरे । ४५ औं मिनेटमा बुर्ना फर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा युनाइटेड दुइ शून्यले अघि रह्यो । तर दोस्रो हाफमा एभर्टनले उत्कृष्ट पुनरागमन गर्यो । ४९ औं मिनेटमा युनाइटेड गोलकिपर डाविड डा हायाले आब्डुलाई डुकुवेललाई गोल उपहार दिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनको प्रहार हायाले पन्च गरेका गिए । सोही वलमा डुकुवेले गोल गर्दै एभर्टनलाइ खेलमा फर्काए ।

 ५२ औं मिनेटमा हामजे रोद्रिगेजले  बराबरी गोल फर्काए । ७० औं मिनेटमा स्कट मेक्टोमिनीले गोल गरेपछि युनाइटेडले खेल तीन दुइले जीत्ने अनुमान गरिएको थियो । तर इन्जुरी समयको अन्तिम मिनेटमा डोमिनिक काल्भर्टले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेपछि खेल तीन तीनको बराबरीमा सकियो । बराबरी पछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटी  भन्दा दुइ अंकले पछि परेको छ । 

 सिटीले युनाइटेड भन्दा दुइ खेल कम खेलेका छ । २१ ख्ोलबाट सिटीको ४७ र २३ खेलबाट युनाइटेडको ४५ अंक छ । पाँचौ स्थानमा उक्लिएको एभर्टनको २१ खेलबाट ३७ अंक छ ।  प्रिमियर लिगका अन्य खेलमा आर्सनल एस्टन भिल्लासँग एक शून्य गोलले पराजित भयो भने न्युक्यासलले साउथह्याम्पटनलाई तीन दुइ गोलले हरायो । बन्र्ली र ब्राइटनले एक एक तथा फुह्याम र वेस्टह्यामले गोल रहित बराबरी खेले । खेलपछि युनाइटेड प्रशिक्षक ओले गुनार सोल्जाकरले आफ्नो टिम उपाधी दौडमा नरहेको दाबी गरे ।

 

के हो म्युनिख एयर डिजास्टर ?

सन १९५८, फेब्रुअरी ५ मा ब्रिटिस युरोपियन एयरवेज फ्लाइट ६०९ तत्कालिन वेस्ट जर्मनीको म्युनिख रिम विमानस्थलमा दुर्घटनामा परेको थियो । टेक अफका लागि तेस्रो प्रयास गर्दा विमान दुर्घटना भएको थियो । सो एयरक्राफ्टले म्यानचेस्टर युनाइटेडको टिम समर्थक र पत्रकार बोकेको थियो । विमानमा ४४ जना थिए । ती मध्ये २३ जनाको मृत्यु भ्एको थियो भने २१ जना बाँच्न सफल भएका थिए । युनाइटेडको टिम, बेलग्रेड युगेस्लाभियामा भएको युरोपियन कप खेलेर फर्किंदै गरेको थियो । लामो दुरीको यात्रा भएर म्युनिखमा इन्धन भर्न विमान रोकिएको थियो । युनाइटेडले रेड स्टार बेलग्रेडलाई पराजित गरेर सेमीफाइनलमा स्थान बनाएको थियो । आजपनि सो दुर्घटनाले विश्व फुटवल समर्थकलाई स्तब्ध बनाउने गर्छ । सो दुर्घटनामा युनाइटेडका आठ खेलाडीले ज्यान गुमाएका थिए । 

ताजा खबर