कप्तान जो रुटको योगदानमा भारतलाई उछिन्दै इङल्यान्ड

२०७७ माघ २४ शनिबार २०:३८:०० मा प्रकाशित

चेन्नाइ । कप्तान जो रुटले कीर्तिमानी दोहोरो शतक बनाएपछि इङल्यान्ड, भारत विरुद्धको पहिलो टेस्टको पहिलो पारीमा विशाल योगफल तर्फ अघि बढेको छ ।

चेन्नाइमा जारी पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा पाहुना टोली इङल्यान्डले आठ विकेट गुमाएर पांच सय ५५ रन बनाएको छ । जसमा रुटले दुइ सय १८ रनको शानदार पारी खेले । दुइ सय १८ रनको म्याराथन पारीमा रुटले धेरै कीर्तिमान आफ्नो नाममा लेखाए । आफ्नो एक सयौं टेस्टमा दोहोरो शतक प्रहार गर्ने रुटको विश्वको पहिलो खेलाडी बनेका छन् । 

पहिलो दिन एक सय २१ रनमा अवीजीत रहेका रुटले दोस्रो दिन लन्च पछि तीन सय ४१ व्लमा दोहोरो शतक पुरा गरेका थिए । रुटले पहिलो पारीको एक सय ४३ औं ओभरको तेस्रो पवलमा रविचन्द्रन आश्विनको वलमा छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका थिए । यो उनको करियरको पांचौ दोहोरो शतक हो । पछिल्लो तीन टेस्टमा दोस्रो पटक रुटले दुइ सय रनको आंक्डा पार गरेका हुन् । यसअघि उनले श्रीलङका विरुद्ध दोहोरो शतक बनाएका थिए ।

उनले सन २०१४ मा श्रीलङका विरुद्धनै करियरको पहिलो दोहोरो शतक बनाएका थिए । पाकिस्तान विरुद्ध दोस्रो र न्युजील्यान्ड विरुद्ध तेस्रो दोहोरो शतक बनाएका थिए ।

रुटले पाकिस्तानका इंजमाम उल हकको किर्तिमान पनि तोडेका छन् । रुटको नाममा एक सयौं टेस्टमा सर्वाधिक रन बनाउने किर्तिमान पनि लेखिएके छ । यसअघि इंजमामले सन २००४–५ मा भारत विरुद्ध आफ्नो एक सयौं टेस्टमा एक सय ८४ रनको पारी खेलेका थिए ।

यसका साथै रुट आफ्नो ९८, ९९ र एक सयौं टेस्टमा लगातार शतक बनाउने विश्व पहिलो क्रिकेट पनि बनेका छन । उनले श्रीलङका  विरुद्ध ९८ र ९९ औं टेस्टमा शतक बनाएका थिए । इङल्यान्डका लागि डम सिब्लेले ८७ र बेन स्टोक्सले ८२ रनको योगदान गरे । डम बेस २८ र ज्याक लेच ६ रन बनाउदै क्रिजमा छन । भारतका इशान्त शर्मा, जस्प्रित बुमराह, आश्विन र शाहवाज नदिमले दुइ दुइ विकेट लिए । 

ताजा खबर