महिला लिग दोस्रो चरणमा:  बिजयी सुरुवात आर्मीको

२०७७ माघ २४ शनिबार २०:३३:०० मा प्रकाशित

काठमाडौं । शनिबारबाट राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल सुरु भएको छ । दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले चौदन्डीगढी नगरपालिकालाइ नौ शुन्य गोलले पराजित गर्यो ।

सातोबाटो स्थित एन्फा कम्प्लेक्समा हल्का वर्षाका बीच  भएको खेलमा आर्मीलाई जीत दिलाउने क्रममा रश्मी घिसिङले चार गोल गरिन् । पहिलो हाफमा तीन गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल थपेको थियो । १९ औं  मिनेटमा रश्मीको गोल मार्फत आर्मीले खाता खोलेको थियो । २३ औं मिनेटमा शर्मिला थापाले अग्रता दोब्बर पारिन् । ३९ औं मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मी तीन शुन्यले अघि रह्यो । ५४ औं मिनेटमा रश्मीले टिमको लागि चौथो गोल थपिन् । ६० औं मिनेटमा उनले ह्याट्रिक पुरा गरिन् । ६३ औ मिनेटमा रश्मीले आफ्नो गोल संख्या चार पुर्याउँदा आर्मीले चौदन्डीगढी संगको दुरी ६–शुन्यले बढायो । ७८ औं मिनेटमा वैकल्पिक  खेलाडी भुजुङगा राइ, ८८ औं मिनेटमा अन्जली राइ र ९० औं मिनेटमा एइमित राइले आफ्नै पोस्टमा गोल गरेपछि आर्मी नौ शुन्यको फराकिलो जीत हात पार्न सफल भयो ।  

चौदन्डीगढीले चार भारतीय खेलाडी उतार्दै सुधारिएको खेल प्रदर्शन गरेपनि भारी अन्तरको हार टार्न भने सकेन् । उसले लिगको पहिलो चरणमा आर्मी संग १२– शुन्यले हारेको थियो । चौदन्डीगढी अझैपनि पहिलो जीतको खोजीमा छ । आर्मी भने सात खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एपीएफको ६ खेलबाट १८ अंक छ । 

ताजा खबर