सुन्न लायक २०२१ का हेडफोनहरु

२०७७ माघ २४ शनिबार १७:५४:०० मा प्रकाशित

अमेरिका । हामी हाम्रो मष्तिस्कलाई ध्यानाकर्षण गर्न चाहन्छौ । आनन्द महशुस गर्न चाहन्छौ ।  हेडफोनको प्रयोगले ध्वनी श्रवण शक्ति बढाउने अनुमान वैज्ञानिकहरुको ठम्याइ छ । ब्लुटुथ , साउण्ड इफेक्ट र आवाजको गुणस्तर हेरेर हेडफोन किनिने गरिन्छ । एनसी हेडफोनका जोडा गुणस्तरीय मानिन्छ ।

यसले वरपरका आवाज नियन्त्रणमा राख्दछ । हेडफोनमा रक संगित सुन्न मज्जा आउँछ । व्याट्रि टिक्ने र ठूलो आवाज सुन्ने हेडफोनलाई उच्चकोटीको मानिन्छ ।
Sony WH-1000XM4, Beats Solo Pro, Anker Soundcore Life Q20 लाई धेरै मन पराइन्छ ।

वरपरको वातावरणमा घुलमिल हुन हेडफोनको मद्वत लिने गरिन्छ । Beats Solo Pro को आवाज अरु भन्दा गुणस्तर बढि हुने तथा ब्ल्ऋ पनि प्रभावकारी हुने बताइनेछ ।
माथि उल्लेखित हेडफोन हरुको औषत मूल्य  -$348  रहने बताइएको छ ।

आवाजको गुणस्तरमा, आवाजको घनत्वमा यस किसिमका हेडफोनको गुणस्तर उच्चकोटीको रहेको बताइन्छ । कानको आकारमा डिजाइन गरिएका, माइक्रोफोन र कम्प्युटर मनिटरको लागि निर्मित यस प्रकारका आधुनिक डिजाइनका हेडफोन २१ औं शताव्दीका औधी रुचाइएका हेडफोनहरु हुन् ।

हेडफोनहरु भाँडाका प्लेट बजेका जस्ता गुणस्तरीय आवाज दिने हुन्छन् । मानिसलाई हसाउन र च्याटिङ्ग गर्न औधी रुचाइन्छ । संगितहरुलाई प्रभावकारी रुपमा दाहिने र देब्रे कानमा सुन्न हेडफोनको प्रयोग गनिे गरिन्छ ।

विशेषगरी एण्ड्रोइड र आइफोनमा इक्वीलाइजरको प्रयोग पाइने हुँदा यसको अर्को रोचक प्रसंग बनेको हो । साउण्ड इफेक्टमा बास साउण्डको मद्वत यस प्रकारका हेडफोनमा हुने गरेको छ । लयमा रिदम भएको आवाज, ४० घण्टा भन्दा बढिको व्याट्रिको उपयोग र विभिन्न कामहरु भइरहेको बेला ध्यान केन्द्रित गर्न हेडफोनको आवश्यक परेको संगित प्रेमी अध्येता बताउँछन् । फोन डायल गर्न पनि हेडफोनको प्रयोग हुने गरेको पाइन्छ ।
Advance Noise Cancellation (ANC) Feature
यो ध्वनीको एक विशेषता हो । हरेक विद्युतिय सामाग्रीमा यो इफेक्ट पाइन्छ । हेडफोन चलाउँदा पनि यस किसिमको बाह्य आवाजको निरन्तरता भने हुने नै गर्छ । तर चलाउने व्यक्ति आफैले आवाज नियन्त्रण गर्नुपर्छ ।
(स्रोतः सिएनएन फिटनेस)

 

ताजा खबर