भारतीय सुन्दरी मानुसी भइन् ‘मिस वर्ल्ड–२०१७’

२०७४ मङ्सिर २ शनिबार २१:४३:०० मा प्रकाशित

काठमाडौं, २ मंसीर । चीनको सान्यामा सम्पन्न मिस वर्ल्डको उपाधी यस वर्ष  भारतकी मानुसी चिल्लरले जितेकी छिन्।

विश्वभरका  १ सय १८ राष्ट्रले भाग लिएको ‘मिस वर्ल्ड–२०१७’ प्रतियोगितामा मानुसीले अन्तिम ५ मा प्रवेश गरेका मेक्सिको, फ्रान्स, इंग्ल्यान्ड,  र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

भारतको  हरियाणामा  जन्मेकी २० वर्षीय मानसी  मेडिकलकी विद्यार्थी पनि हुन्। भारतले यो मिस वर्ल्डको ताज करिब १७ वर्ष पछि जितेको हो । यसअघि सन् २००० मा भारतीय नायिका प्रियंका चोपडाले मिस वर्ल्डको ताज जितेकी थिइन ।

पाँचजना भित्रको प्रतियोगिहरुमा छानिएकी मानुसीलाई जजहरुले सोधेका थिए कि, तपाइलाई कुन पेशा यस्तो लाग्छ जसमा सबैभन्दा धेरै पैसा दिइयोस् र किन ? उनको जवाफमा, ‘मलाई यस्तो लाग्छ कि आमालाई सबैभन्दा धेरै सम्मान दिनुपर्छ । म पैसाको बारेमा कहिले सोच्दिन । यो यसकारण हो कि आमाबाट हामीले माया र प्रेम पाउँछौ । मेरो आमा मेरो जिन्दगीको सबैभन्दा ठुलो प्रेरणा हो । उनलाई नै सबैभन्दा धेरै सम्मान दिनुपर्छ ।’ उनको यही उत्तरबाट उनी मिस वर्ल्ड  बन्न पुगिन् ।

प्रतियोगिताको दोस्रो र तेस्रो स्थान  मिस मेक्सिको, मिस इग्लैंडले जितेका थिए  । 

ताजा खबर