आइपिएल अक्सन: आठ नेपाली खेलाडीको नाम दर्ता 

२०७७ माघ २३ शुक्रबार २०:००:०० मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजनका लागि नेपालका आठ खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् ।

आइपिएलको अक्सनका लागि नाम दर्ता गर्ने मिति फेब्रुअरी चार अर्थात हिजो सकिएको थियो । आइपिएलले शुक्रबार अक्सनमा सहभागी खेलाडीको संख्या सार्वजनिक गर्दै आठ नेपाल बाट रहेको जानकारी दिएको हो । अक्सनमा दर्ता भएका खेलाडीको नाम भने उल्लेख गरिएको छ । 

नेपालबाट सन्दीप लामिछानेले पछिल्लो तीन सिजनदेखि आइपिएल खेलिरहेका छन् ।  सन्दीपलाई तत्कालिन दिल्ली डेयर डेभिल्सले सन २०१८ मा २० लाख भारतीय रुपैयाँमा अक्सनबाट लिएको थियो ।  नाम परिवर्तनपछि दिल्ली क्यापिटल्सले यो सिजन सन्दीपलाई रिलिज गरेको छ । उनले आइपिएलमा नौ खेल खेल्दै कुल १३ विकेट लिएका छन् ।

 गत वर्ष भने उनले दिल्लीबाट कुनैपनि खेल खेल्ने मौका पाएनन् । सन्दीपको नयाँ टिमलाई लिएर पनि नेपाली समर्थकमा ठूलो चासो छ ।  सन २०२१ को संस्क्रणका लागि १८ फेबु्रअरीमा चेन्नाइमा अक्सन हुँदैछ । यसपटक आइपिएलको मिनि अक्सन हुनेछ । कुल एक हजार ९७ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् । जसमा आठ सय १४ भारतीय र  दुइ सय ८३ विदेशी अर्थात ओभरसिज खेलाडी छन् । एसोसिएट राष्ट्रबाट २७ खेलाडी रहेको आइपिएलले जनाएको छ । अक्सनबाट ६१ खेलाडी विक्री हुनेछन् । 

ताजा खबर