इण्डियन आइडलका सहभागीलाई हिमेश रेशमियाको प्रयासः गायकहरुकोे लागि स्थान सुरक्षित राखेको छु

२०७७ माघ २३ शुक्रबार १८:२९:०० मा प्रकाशित

  बलिउड । गायक तथा कम्पोजर हिमेश रेशमिया एक रियालिटी शो “इण्डियन आइडल १२” को जजको रुपमा टेलिभिजन स्क्रिनमा देखिने भएका छन् ।   बलिउड इण्डष्ट्रिमा हिमेसको चर्चा त्यति उल्लेख गर्नु पर्दैन होला ।
यहाँ हिमेश रेसमियाको अन्तवार्ता प्रस्तुत गरिएको छ ।

म्युजिक एल्बम्स र सिंगल्समा हिमेसको दृष्टिकोण जाने
  उनले भने,“ यसअघि मैले रियालिटी शो गर्दै आएको छु । तर यसपालीको इण्डियन आइडल १२ साह्रै रोचक हुनेछ । जसरी सहभागीहरुको उचाई बढ्दै गइरहेको छ म ज्यादै उत्सुक छु । यिनै सहभागीहरुसँग म गीतहरुको निर्माणमा लागेको छु । चाँडै ठूलो प्राजेक्टको घोषणा हुनेछ । जसमा कन्टेस्टेन्टहरु सहभागी हुनेछन् । उनीहरुका लागि नयाँ पाउनको रुपमा स्वीकार गरिनेछ । म्युजिक कम्पोजरलाई आफ्ना गायकहरुको स्वर त्यसै थाहा भै हाल्छ । अहिले बलिउडमा सिंगल्सलाई प्राथमिकताको कोटामा राखिएको छ । ६ महिना देखि यो ट्रेण्ड बसेको हो । चलचित्रमा र सिंगल गानाको लहर नै बेग्लै पाइनेछ । अब नयाँ आगन्तुकहरुको खाँचो छ ।”

  नमस्ते इण्डियामा हिमेसको छुट्टै पहिचान
  मेरो फिल्मको एक्सपोजको सिक्वल हुँदै छ । चलचित्रको पहिला पनि दर्शकले मलाई मनपराएकै हुन् । दर्शकको माया कसलाई हुँदैन र ! यसमा इरफान खानको पनि अहम भूमिका छ । उनीसँग काम गर्ने अनुभव म बताउन सक्दिन । धेरै लोभलाग्दो थियो । हिन्दी कथानक चलचित्र “नमस्ते लण्डन” मा निर्देशक जावेद अख्तरसँग काम गरेपछि अरु खासै प्रगति देखिएको थिएन । नमस्ते इण्डियामा मेरो अहंम भूमिका छ । मार्केटिङ्गको पक्ष भव्य हुनेछ । म आफै गर्ववान्वित छु ।

  ६–७ वर्षमा ४०० देखि ५०० गीत हिमेशको खातामा
  ६ देखि ७ वर्षमा हिमेसले ७०० गीत गाउन सफल रहेका छन् । अब उनी भिडियो बनाउन आकर्षित रहेको बताइँदै आइएको छ । आफ्नो जीवनमा धेरै काम गर्न बाँकी रहेको हिमेशको कथन छ । सन् २०२१ मा उनको अन्तराष्ट्रिय प्रोजेक्ट लन्च हुनेछ ।

  मौका मिलो भने आफ्नो श्रीमतीको साथ म्युजिक एल्बम निकाल्ने तयारीमा हिमेश छन् ।
उनी दोहो¥याउँछन्,“ जब मेरी श्रीमति सोनिया कपुर टेलिभिजन शोमा आइन हाम्रो बीच नजिकको सम्बन्ध बन्यो । हामीबीचको जोडा पर्दामा पनि देखिने नै छ । उनी नृत्य राम्रो गर्छिन । उनी मल्टिट्यालेण्ट र स्ट्यालिस् छिन् ।”
(स्रोतः दैनिक भाष्कर)
 

ताजा खबर