धुम्रपान त्याग्दा देखिने सकारात्मक लक्षण

२०७७ माघ २३ शुक्रबार १७:४१:०० मा प्रकाशित

  धुम्रपान त्याग्न केही समय अवस्य लाग्छ । जीवन जान सक्ने जोखिम धुम्रपानको असरले हुन्छ ।  जब धुम्रपान त्यागिन्छ मानिसको स्वास्थ्यमा थप प्रगतिको लक्षण देखिन्छ ।

छिटो धुम्रपान त्याग्ने उपायः
  दव्र्यसन हटाउनु जरुरी देखिन्छ । मानव मष्तिस्कमा निकोटिनको प्रभाव कम हुने उपाय धुम्रपानको त्याग हो । धुम्रपान गर्ने व्यक्तिले जतिसको चाँडो धुम्रपान त्याग्छ मानिसले आफुलाई सर्ने अवुर्द रोग, हृदय सम्बन्धि रोग, फोक्सोको क्यान्सर आदीलाई हतोत्साहित गर्छ ।

  मानिसमा देखिने उच्चरक्तचाप हटाउन पनि चुरोट विडी जस्ता लागुपदार्थ छोड्न आवश्यक ठानिन्छ ।चुरोटमा कार्बोन मोनोअक्साइड हुने गर्छ । यो ग्याँस स्वास्थ्यको लागि हानिकारक देखिन्छ । कार्बोनको कारण शरिरमा प्रवेश गर्ने अक्सिजनको मात्रा कम हुन आउँछ । धुम्रपानले मानिसको मुटुको चाप बढाउँछ । 


  धुम्रपान गर्ने मानिसको लागि शारिरीक व्यायाम आवश्यक हुन जान्छ । हृदय सम्बन्धि रोग पन्छाउन पनि व्यायाम अति संवेदनशिल हुन आँउछ । धुम्रपानको सेवनले मानिसले लिने स्वाद र वरपरको संवेदना हराउँछ । मानिसले धुम्रपान नगर्नाले स्नायुुले स्वाद चाँडो थाहा पाउँछ । मानिसले जब निकोटिन त्याग्छ उसको दिमागी असर कम हुनेगर्छ अनि मानव शरिरले केही रोचक कुरा गर्ने जुझारुपन देखिन थाल्दछ ।मानिसको एकोहोरोपन र टाउको दुखाई धुम्रपानको सेवन हराउँदा चोखिन्छ । फोक्सोले काम गर्न थाल्दछ । खोकी र ढिलो शास फेर्ने कार्य रोकिन्छ । मुटुको धड्कन तेज भइहाल्छ ।

  चुरोटको सेवनले सिलिकाको फोक्सोमा प्रवेश हुन्छ । मष्तिस्कको प्रभाव तेज हुन आउँदा फोक्सोमा असर देखिन्छ । फोक्सो तथा आमाशयमा क्यान्सर धुम्रपानको कारण हुने बताइन्छ ।
हृदयघात हुने व्यक्तिलाई धुम्रपानको सेवन नर्गन चिकित्सकहरु सुझाउँछन् भने यदी स्वस्थ्य प्राणी बन्नु छ भने मानिसले चुरोट, बिडी, तमाखु, खैनी, चैनी, पराग जस्ता धुम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग गरेको नै वेस हुन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर