प्रिमियर लिग रेफ्री विवादमा 

२०७७ माघ २३ शुक्रबार १२:२३:०० मा प्रकाशित

टोटेनहमका प्रशिक्षक जोजे मोरिन्होले इङलिस प्रिमियर लिगमा चेल्सिसँग पराजित भएपछि  रेफ्रीको प्रदर्शनको आलोचना गरेका छन् । 

 टोटेनहम आफ्नै मैदानमा एक शून्य गोलले पराजित हुँदा चेल्सिले पेनाल्टिमा गोल गरेका थियो । उसका लागि २४ औं मिनेटमा जर्जिन्होले गोल गरे । टोटेनहमका एरिक डायरले डि बक्स क्षेत्रमा टिमो भेर्नरलाई फाउल गरेपछि रेफ्री आन्द्रे मारिनेरले चेल्सिलाई पेनाल्टि दिएका थिए । यहि पेनाल्टि चेल्सिको जीतमा निर्णायक बन्यो ।

 मोरिन्होले लामै समय रेफ्रीसँग कुरा पनि गरेका थिए । उनले आन्द्रे प्रिमियर लिगको उत्कृष्ट मध्येको एक  रेफ्री, भएको र उनको कामको सधै आफुले प्रशंसा गर्ने गरेको बताए । सोही कारण उनको प्रदर्शन राम्रो लागेन भन्ने हक आफुलाई रहेको मोरिन्होको भनाइ थियो । 

मोरिन्होले भने– खेलको अन्त्यमा सोही पेनाल्टिी निर्णायक भयो जुन पेनाल्टिीनै थिएन । प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा चेल्सि पछिल्ला तीन खेल यता अपराजित छन् । जसमा चेल्सिले दुइमा जीत र एकमा बराबरी खेल्यो । टोटेनहम विरुद्धको सफलता पछि चेल्सि तालिकाको शीर्ष ६ मा उक्लिएको छ । उसको २२ खेलबाट ३६ अंक छ । २१ खेलबाट ३३ अंक जोडेको टोटेनहम आठौं स्थानमा झर्यो । प्रियिमर लिगमा लगातार तेस्रो खेलमा पराजिय बेहोरेपछि प्रशिक्षक मोरिन्हो माथि दवाव बढेको  छ । सन २०१२ को नोभेम्बर पछि पहिलो पटक टोटेनहमले लिगमा लगातार तीन खेलमा हार बेहोरेको हो ।  

ताजा खबर