टि टेनमा सोमपालको तीन विकेट 

२०७७ माघ २२ बिहीबार १९:१४:०० मा प्रकाशित

काठमाडौं । क्रिकेटर सोमपाल कामीले टिन टेन लिगमा एकै ओभरमा दुइ विकेट लिएका छन् । मराठा अरेबियन्सका सोमपालले बिहीबार भएको डेकेन ग्लेडियटर्स विरुद्ध दुइ विकेट लिएका हुन् ।

लिगको अघिल्लो खेलमा हिजो टिम अबुधाबीसँग खराब प्रदर्शन गर्दै एक ओभरमा २७ रन खाएपनि उनलाई बिहीबार सुरुवाती एघारमा मौका दिइएको थियो । जसमा सोमपाल उत्कृष्ट पुनरागमन गर्न सफल भए । 

अरेबिन्यसले सोमपाललाई छैटौ ओभरमा वलिङमा ल्याएको थियो । उनले आफ्नो ओभरको पहिलो वलमा कुनै रन दिएनन् । दोस्रो र  तेस्रो वलमा एक एक रन दिए । चौथो वलमा ३५ रन बनाएका प्रशान्त गुप्तालाई क्याच आउट गरे । ओभरको अन्तिम वलमा यासिर कलिमलाई आउट गरे । उनले २८ रन जोडेका थिए । सोमपालले उत्कृष्ट वलिङ गर्दै दुइ ओभरमा मात्र १२ रन खर्चिए ।  टस हारेर ब्ययाटिङ गरेको डेकेनले निर्धारित दश ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो । 

टि टेनमा सोमपालको विकेट तीन पुगेको छ । 

 

ताजा खबर