सेमिफाईनल पुग्यो बार्सिलोना

२०७७ माघ २२ बिहीबार १०:५७:०० मा प्रकाशित

बार्सिलोना ग्रानाडा विरुद्ध पुनरागमन जीत निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ । बार्साले गएराती भएको क्वाटरफाइनलमा ग्रानाडालाई अतिरिक्त समयमा पाँच तीन गोलले पराजित गरेको हो । 

बार्सा ८८ मिनेटसम्म दुइ शून्य गोलले पछि थियो । तर उसले १८ मिनेटको अन्तरमा पाँच गोल गर्यो । ३३ औं मिनेटमा केनेडी र ४७ औं मिनेटमा रोबर्टो सोलडाडोले गोल गरेपछि ग्रानाडाले दुइ शून्यको अग्रता लियो । एक समय बार्सा क्वाटरफाइनलबाटै बाहिरिने सम्भावना नजिक थियो । तर ८८ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोल मार्फत बार्सा खेलमा फर्कियो । 

ग्रिजमनले लियोनल मेसीको पासमा गोल गरेका थिए ।   इन्जुरी समयमा जोर्डी आल्बाले बराबरी गोल गर्दै खेल अतिरिक्त समयमा धकेलिदिए । सयौं मिनेटमा ग्रिजमनले बार्सालाई तीन दुइले अघि राखे । एक सय तीन मिनेटमा ग्रानाडाका फेडे भिकोले पेनाल्टिी गोल गरेपछि फेरी खेल तीन तीनको स्थितिमा पुगेको थियो । तर एक सय आठ मिनेटमा फ्राङकी डि जोङ र एक सय १३ औं समनेटमा आल्बाले गोल गर्दै बार्साको जीत सुनिश्चित गराए । 

ताजा खबर