त्रिभुवन आर्मीको दवदवा कायमै

२०७७ माघ २१ बुधबार २०:५८:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी फुटवल क्लबले चौदन्डीगढी नगरपालिका माथि १२–शुन्य गोलको भारी अन्तरले पराजित गरेको छ । जीतपछि आर्मीले शीर्ष स्थानको एपीएफ क्लबसँगको दूरी पाँच अंकका झार्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पनि चौदन्डीगढी निरिह सावित भयो । अघिल्लो खेलमा उसले एपीएफ संग २२ गोलको खाएको थियो । आर्मीले खेल सुरु भएको तेस्रो मिनेट देखी गोल गर्न सुरु गरेको थियो । शर्मिला थापाले पांच, सपना लामाले दुइ, हेमा चौधरी, अञ्जली वाइबा, विमाला चौधरी, विमला विक र रश्मी घिसिङले एक एक गोल गरे । आर्मीले पहिलो हाफमै आठ  गोल गर्दा हेमाले खाता खोलेकी थिइन् ।  छैटौ मिनेटमा शर्मिलाले अग्रता दोब्बर पारिन् ।

 आठौं मिनेटमा कप्तान अन्जली वाइवाले तेस्रो गोल थपिन् । १२ र २३ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक गरेकी थिइन् । उनैले २९  र ३६ औं मिनेटमा पनि गोल गरिन् । ३० औं मिनेटमा विमला चौधरीले  गोल  गरेकी थिइन् । ४८ औं मिनेटमा विमला बिक, ८४ औं मिनेटमा रश्मी तथा ८७ र इन्जुरी समयमा वैकल्पिक खेलाडी सपना लामाको गोल पछि आर्मीले विशाल अन्तरको जीत हात   पार्यो । चौदन्डीगढीको  यो लगातार छैटौ हार हो । 

दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १३ र शीर्ष स्थानको एपीएफको १८ अंक छ ।  

ताजा खबर