सन्दीप ओभल इन्भिन्सिबल्स टिममा रिटेन भए

२०७७ माघ २१ बुधबार २०:५१:०० मा प्रकाशित

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई इङल्याण्डमा हुने एक सय वलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्स टिमले रिटेन गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वर्ष हुने भनिएको पहिलो संस्करणको द हन्ड्रेड लिग स्थगित भएको थियो । सन्दीपलाई ओभलले गत वर्ष एक लाख पाउण्डमा ड्राफ्ट मार्फत छानेको थियो । रिटेन गर्दा सोही मूल्यमा गरिएको वा थपघट भयो भन्ने बारे भने खुलाइएको छैन । 

इङल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले यो वर्षका लागि रिटेन गरिएका खेलाडिको सूची बुधबार सावर्जनिक गरेको हो । जसमा सन्दीपसँगै अस्ट्रेलियाका आरोन फिन्च, न्युजील्यान्डका केन विलियम्सन, अस्ट्रेलियन ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका आन्द्रे रसेल लगायतका खेलाडी विभिन्न टिममा रिटेन भएका छन । प्रतियोगिता आगामी अगस्टमा हुनेछ । 

ताजा खबर