इङलिस प्रिमियर लिग: म्यानचेस्टरले यसरी गरेको थियो गोलको वर्षा

२०७७ माघ २१ बुधबार ११:४१:०० मा प्रकाशित

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नौ खेलाडिमा झरेको साउथह्याम्पटन विरुद्ध गोलको वर्षा गरेको छ । गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटडले साउथह्याम्पटनलाई ९– शून्य गोलको विशाल अन्तरले पराजित गर्यो ।

ओले गुनार सोल्जाकरको टोलीले पहिलो हाफमा नै चार शून्यको अग्रता लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा अलेक्सान्द्रे जान्कीविट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन दश खेलाडिमा झर्यो । १८ औं मिनेटमा आरोन वान बिस्साकाले गोलको खाता खोले । त्यसपछि युनाइटेड रोकिएन् । २५ औं मिनेटमा माकर्स र्यासफर्डले अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा यान बेडनारेकले आफ्नै पोस्टमा गोल गरे । ३९ औं मिनेटमा इडिसन कभानीले आफ्नो टोलीका लाथि चौथो गोल थपे । 

युनाइटेडले खेल सकिन २१ मिनेट  बांकी हुदा पाँच गोल गर्यो । ६९ औं मिनेटमा एन्थोनी मार्शियल र ७१ औं मिनेटमा स्कट मेकटोमिनीले गोल गरे । ८६ औं मिनेटमा  बेडनारेक रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन झन दवावमा आयो । ८७ औं मिनेटमा बुर्नो फर्नान्डेजले पेनाल्टिमा गोल गर्दा युनाइटेड सात शून्यले अघि रह्यो । ९० औं मिनेटमा मार्शियलले ब्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा डेनिएल जेम्सको गोलसँगै युनाइटेडले फराकिलो जीत हात पार्यो ।

प्रिमियर लिगमा कुनैपनि टिमले नौ शून्य गोलको हार बेहोरेको यो तेस्रो पटक ओ । अघिल्लो सिजन साउथह्यान्टन लेस्टर सिटीसँग पनि नौ शून्यले पराजित भएको थियो । सन १९९५ मा इपस्विच टाउनलाइ नौ शुन्यले पराजित गरेको थियो । उसको अहिले सम्मको फराकिलो जीत भनेको दश शुन्यको हो । जीतपछि दोस्रो स्थानमा रहेको युनाइटेडको २२ खेलबाट ४४ अंक छ । लिग लिडर म्यानचेस्टर सिटीको २० खेलबाट ४४ अंक छ । साउथह्याम्पटन २१ खेलबाट २९ अंक सहित १२ औं स्थानमा छ ।

आर्सनल भने उल्भ्ससँग दुइ एक गोलले पराजित भयो । दोस्रो मिनेटमानै निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए  । तर पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डेविड लुइसले रातो कार्ड पाए । लगत्तै पेनाल्टीमा रुवेन नेभेसले बराबरी गोल फर्काए । ४९ औं मिनेटमा जोवाओ मोटिन्होले गरेको गोल उल्भ्सको जीतमा निर्णायक बन्यो । ७२ औं मिनेटमा गोलकिपर बन्र्ड लेनोले पनि रातो कार्ड पाएपछि आर्सनल नवौं खेलाडिमा झरेको थियो ।

आर्सनल २२ खेलबाट ३१ अंक जोड्दै दशौं स्थानमा छ ।

उल्भ्स २६ अंक सहित १४ औं स्थानमा छ । 

 

ताजा खबर