कोपा इटालिया: क्रिस्टियानोको योगदानले युभेन्ट्स पुग्यो सेमीफाईनलमा

२०७७ माघ २१ बुधबार ११:३३:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मदतमा युभेन्ट्सले कोपा इटालियाको सेमीफाइनलको पहिलो लेगमा जीत हात  पारेको छ । युभेन्टसले इन्टर मिलानलाई उसकै मैदानमा दुइ एक गोलले पराजित गरेको हो ।

युभेन्ट्सले इन्टरको एक खेलको अग्रता उल्ट्याएको थियो । नवौं मिनेटमा लौरातो मार्टिनेजले गोल गरेपछि युभेन्ट्स पछि परेको थियो । तर इन्टरको अग्रता लामो समय टिकेन । २६ औं  मिनेटमा रोनाल्डोले पेनाल्टि मार्फत खेल बराबरी गरे । 

आस्ले योङले हुवान क्वादार्दोलाई फाउल गरेपछि युभेन्टसले पेनाल्टि पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ति गरेनन् । ३५ औं मिनेटमा रोनाल्डोले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गोल गरेपछि युभेन्टसले खेल आफ्नो पक्षमा पार्यो । जारी सिजन रोनाल्डोले २२ गोल गरिसकेका छन् । 

यस्तै युभेन्टस गोलकिपर बुफनको यो सिनियर टिमबाट एक सय एघारौं खेल पनि हो ।  दोस्रो लेग फेब्रुअरी ९ मा युभेन्ट्सको मैदानमा हुनेछ । युभेन्ट्स १३ पटकको कोपा इटालिया च्याम्पियन हो ।

ताजा खबर