प्रचुर मात्रामा प्रोटिन पाइने खानाहरु

२०७७ माघ २० मंगलबार १२:५०:०० मा प्रकाशित

प्रोटिन पाइने खानेकुरा खाँदा शरिरको वजन घट्छ तर शरिरले मागे भन्दा बढि खाने भने होइन । धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा व्यायामको पनि जरुरत पर्दछ । 
पोषणयुक्त खानेकुरा
कालो दाल
कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुने गर्छ । यसलाई पकाउने तरिका धेरै प्रकारको छ ।

घिउ सिमी
१०० ग्रामको घिउ सिमीमा २१ ग्राम प्रोटिन हुने गर्छ ।

मकै
पहेँलो मकैमा एक कपमा १५.६ ग्राम प्रोटिन हुने गर्दछ । मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुने गर्छ ।

माछा
माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । यसमा ओमेगा–३ पाइन्छ । माछा पोषणयुक्त खानेकुरा भएता पनि सधैं माछा खान भने सकिन्न ।

आलु
आलु एक प्रकारको काब्रोहाइड्रेट प्रचुर मात्रामा पाइने फल हो । आलुको ब्रोक्रामा मात्र ४ ग्रामको प्रोटिन पाइन्छ । त्यसरी आलु पकाउँदा विशेष ध्यान दिनुपर्छ ।

ब्रोकाउली
एक कप ब्रोकाउलीमा २.६ ग्राम प्रोटिन हुनेगर्छ । यसमा पाइने पदार्थ भनेको फोलेट र पोटासियम हो । 

काउली
काउलीमा धेरै मात्रामा प्रोटिन तथा क्यालोरी पाइन्छ । एक कप काउलीमा २७ प्रकारका क्यालोरी र २ ग्राम प्रोटिन पाइन्छ ।

चाइनिज बन्दा
यसमा एन्टीअक्सिडेन्ट र प्रोटिन पाइन्छ ।

अण्डा
प्रोटिन र पोषण पाइने अण्डा दिनैपिच्छे खाने हो भने दिनभरी मानिस आरामसँग बस्न सक्छ ।

कुखुराको छाति
छाला नभएको १३६ ग्रामको कुखुराको छातिको मासुमा २६ ग्राम प्रोटिन पाइन्छ ।

ओट्स
१०० ग्रामको ओट्समा १७ ग्राम प्रोटिन पाइन्छ । त्यहाँ काब्रोहाइड्रेटस् पाइने खानामा ओट्स पनि पर्छ । विभिन्न खानेकुरा, फलफुल तथा सुपारीजन्य खाद्यपदार्थबाट ओट्स बनेको हुन्छ ।

टुना
टुना एक प्रकारको प्रचुर मात्रामा प्रोटिन पाइने माछा हो । सलाद, स्याण्डविच, खाजासँग माछा मिसाएर खान मिल्छ ।

टेम्फे
टेम्फे सोयबिनबाट तोफु जस्तै बनाइन्छ । यसमा प्रचुर मात्रामा पोषण तथा प्रोटिन मिल्ने गर्छ ।

अम्बा
अम्बा उष्ण मौसममा फल्ने फलफुल हो । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ ।

आल्मोण्ड
अल्मोण्डमा धेरै मात्रामा क्यालोरी पाइने गर्छ । भुटेका आल्मोण्डको स्वाद विर्सन सकिन्न ।

फर्सिको वियाँ
फर्सिको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ । (स्रोतः मेडिकल न्युज टुडे)  

ताजा खबर