बिराटनगर आर्मीसँग सात शून्यले पराजित

२०७७ माघ १९ सोमबार २१:०४:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबारको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई सात शुन्य गोलले हरायो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि शर्मिला थापाले ह्याट्रिक गरिन्  । सुरुवाती २५ मिनेट विराटनगरले आर्मीलाई दवावमा राखेको थियो । गोलका केही अवसर पनि सिर्जना गर्यो । तर सफल भएन् । २९ औं मिनेटमा आर्मीकी रश्मी घिसिङ पेनाल्टमा चुकिन् । उनको पेनाल्टि गोलकिपर कल्पना कार्कीले बचाएकी थिइन् । ३६ औं मिनेटमा विमला चौधरीले गोलको खाता खोलिन् । ४५ र इन्जुरी समयमा शर्मिलाले गोल गरेपछि आर्मी पहिलो हाफमा तीन शुन्यले अघि रह्यो । ६१ औं मिनेटमा शर्मिलाले ह्याट्रिक गरिन् । ६७ औं मिनेटमा रश्मीले गोल गर्दै पेनाल्टिमा गरेको सुधार गरिन् । ७१ ऋौं मिनेटमा विमला बिकले टिमका लागि छैटौ गोल गरेकी थिइने् । 

८५ औं मिनेटमा विमला चौधरीको गोलसँगै आर्मीले सात शुन्यको सहज जीत हात पार्यो । 

ताजा खबर