राष्ट्रिय महिला लिग:  एपीएफ क्लबको गोल वर्षा

२०७७ माघ १९ सोमबार २०:५५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला लिगमा एपीएफ क्लबले, चौदन्डीगढी नगरपालिका उदयपुर विरुद्ध गोलको वर्षा गरेको छ । सोमबारको खेलमा एपीएफले चौदन्डीगढीलाई २२–शुन्यको विशाल अन्तरले पराजित गर्यो ।

एपीएफको जीतमा सावित्रा भण्डारी एक्लैले एक दर्जन गोल गरिन् । अनु लामाले पांच, अनिता बस्नेतले ह्याट्रिक  तथा रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  एपीएफले पांचौ मिनेटमा सावित्राको गोल मार्फत खाता खोलेको थियो । पहिलो हाफमै एपीएफले कमजोर चौदन्डीगढीलाइ १२ गोल हानेको थियो । आठांै मिनेटमा अनिता र एघारौ मिनेटमा अनुले गोल गरिन् । अनुले १४ र १८ औं मिनेटमा गोल गरेपछि एपीएफ पांच शुन्यले अघि रह्यो । २० औं  मिनेटमा राष्ट्रिय टिमकी पुर्व खेलाडी अनुले ह्याटिन्क पुरा गरिन् । २६ औं मिनेटमा अनुले ब्यक्तिगत चौथो गोल गर्दा ३१ औं मिनेटमा रेनुकाले चौदन्डीगढी संगको दुरी आठ शुन्यमा पुर्याइन् । ३२ औं मिनेटमा सावित्राले गोल गरिन् ।

 त्यसपछि सावित्राले लगातार पांच गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन् । उनले ३२, ३३, ३४, ३८ र ४७ औं मिनेटमा गोल गरेकी थिइन  । ४९ औं मिनेटमा अनिताले गोल थपिन् । ५५, ६२ र ६४ औं मिनेटमा सावित्राले तेहोरो ह्याट्रिक गरिन् । ६५ औं मिनेटमा अनु र ६७ औं मिनेटमा अनिताले पुन गोल गरे । ७२ औं मिनेटमा सावित्राले पेनाल्टिमा गोल गरिन् । उनले ७९ र इन्जुरी समयमा १२ औं गोल गरिन् ।

 जारी लिगमा सावित्राको कुल गोल संख्या २४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सुचीको शीर्ष स्थानमा छिन् ।  जारी लिगमा एपीएफ अपराजित छ । उसको यो लगातार छैटौ जीत हो । १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले उपाधी दौड पनि बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको  त्रिभुवन आर्मी फुटवल क्लब ८ अंकले पछाडि छ । 

ताजा खबर