राजा फेरि शक्तिमा फर्कन्छन्ः यी हुन् १० कारण 

२०७७ माघ १९ सोमबार १४:५६:०० मा प्रकाशित

यो एफेमेरिजबाट बनाइएको एस्ट्रो एप हो । यो सिद्धान्त मध्येका दृक सिद्धान्त हो । तात्पर्य ऐले आकाश अर्थात खगोलमा ग्रह जहाँ जुन अवस्थामा छन् त्यही एक्युरेसिमा बनाइएको    हो । teliscope distomate  वा अरु कुनै यन्त्रबाट हेरेमा यो चार्टमा देखाएकै ठाउँमा ग्रह, पिण्ड, उल्का, तारा, नक्षत्र र अरु जेछ त्यो त्यहीँ देखिन्छ । अहिलेसम्मकै धेरै पत्यारिलो सिद्धान्त हो यो ।

 

१.  नेपालको नाम महाभारतकालमा नै नेपाल थियो अर्थात् बेदमा नै नेपाल राखिएको छ । जस्तो– “सत्यम् सत्यवती, त्रेतयाम् चःतपोवन, द्वापरंम् मृगस्थली चैव कलौ नेपालका पुरी” भन्नाले नेपालको नाम सत्ययुगमा सत्यवती, त्रेतामा तपोवन, द्वापरमा मृगस्थली र कलियुगमा नेपाल । अतः नेपाल कालपुरुषको कुण्डलीमा बृश्चिक राशीमा पर्छ र नेपालको लग्न ३०°को ×१२=३६०° हुन्छ ।  अहिले राहु रोयणी नक्षत्रमा हुनु र फरवरी महिनाको १० तारिकमा पनि त्यहीँ हुनुले वर्तमान राष्ट्र प्रमुखको सत्ता हरण हुने स्पस्ट छ । रामायणमा दशरथ–राम संवाद, महाभारतमा बेदब्यासको गणित दुर्योधनलाई हिसाब बुझाउँदाको व्याख्या, नारद संहितामा नारद–शिव संवाद, रावण संहितामा रावण–पुलस्य संवाद र ऋषि आँङ्गिरस संहिता नवमखण्ड, भविष्य पुराण ज्योतिष खण्ड संहिता, कुलायन कापालिकतन्त्रमा शिव –पार्वती संवाद, रुद्रयामल ज्योतिषखण्डमा कुर्म चक्र र शिवनेत्र उजागर संवाद शिवपार्वती, बृहदारण्यँउपनिषद् , कठोपनिषद् बाइसखण्ड, शुक्लयजुरबेद संहितास्त्र , ऋग्बेदोक्त संहिता र नयाँहरूमा बराहमिहिर संहिताखण्ड, परासर संहिताखण्ड, अझ आधुनिकमा डा.के एनराव संहिता विश्लेषणसम्मले रोहिणीको राहु त्यसअघि सूर्यको नक्षत्रमा ग्रहण लगाई सकेर चन्द्रमा र यसपछि मंगलको नक्षत्रमा क्रमले सर्छ । तसर्थ यो आउने राजाको हितमा भयो ।

२.  पराक्रम भावमा सात ग्रह युति । १२ मध्ये कानौ घरका मालिक राजाका शरणार्थी हुनु ।
३.  राजाको ग्रहले साथ दिनु ।
४. मंगल बलियो हुनु । केतु बृषराशिस्थ हुनुले छुटेको झण्डा दिन्छ । गुरु राजाकालागि अनुकूल हुनाले जनताले साथ दिनु ।

५. शनि न्यायकारक ग्रह स्वग्रिह भै राजाले भोगेको अन्यायलाई न्यायाधीश शनीले न्याय प्रदान गर्नु ।
६. मंगल सेनापती राजाको अनुकूल स्वग्रिहि हुनु ।
७. युनिभर्समा लगातार गुरूका चन्द्रमाहरूको चमक पृथ्वीमा आइरहनु ठूलो मात्रामा ।
८. शुक्र सूर्यको मायामा पर्नु ।
९. जनताभावको मालिक स्वयं शनि बलवान् हुनु ।
१०. राज्यको मालिक स्वयं सूर्य हुनु र नेपालका राजा हुनु ।
११. आस्तिकहरूको देश हुनु ।

यो कुण्डली माघ २८ गते फेव्रवरी १० को बिहानको राति २ बजेको हो । हेर्नुस् उक्त दिन नेपाल राशी ८बाट अथवा बृश्चिक राशी लग्नमा केतु १४°अथवा पुष्करांशमा छ । यसको अर्थ राहु पनि पुष्कराँशमा छ, अर्थात् बलिया छन् । खजाना अर्थ विभागमा सूर्यसँग अस्त गुरूको अग्निकारक राशी धनु छ । कुनै ग्रहको स्थिति र दृष्टि नहुनुका कारण देशको आर्थिक अवस्था नाजुक छ भन्ने देखिन्छ । कुनै कारणवस नेपाली मुद्रा उसै छाप्नु पर्ने कारणलाई इङ्गित गरिरहेकाले मुद्रा सस्तो हुने भएकाले सामानको भाऊ महँगो हुन्छ । जो जनताकालागि राम्रो हुँदैन ।

पराक्रमभाव अर्थात् सञ्चारको क्षेत्र, मिडिया, पत्रकारिता, आईटी, सूचना लगायतका क्षेत्रमा केही उतारचढावकासाथ उन्नति हुनेछ भने संगठित ग्रहले यो परिवर्तनको भाव समेत हुनाले परिवर्तन हुने तर राज्य भावबाट षडास्टकयोग भएकाले छत्रभङ्ग योग भयो तर मालिक राजाले सातवटा घरका मालिकहरूलाई कज्याई राखेकोले ती मालिकहरू राज्य भावका मलिक ग्रहकाराजा सूर्यको अधिनस्थ हुनाले हाम्रा देशका राजाका शरण परेका कुरालाई इङ्गित गरेको छ । यति सुन्दर समय राजाका लागि यसअघि आएको थिएन । तसर्थ राजाको अभिभारा शरण परेकाको रक्षा गर्नु शास्त्रीय मान्यता भएकाले के गर्ने राजाले देश सम्हाल्न वाध्य हुनै पर्छ ।

सूर्य अभिभावकका शरणमा जनता मात्रै नभएर मालिक नै परेपछि अतः फाल्गुण २ बाट शनिको उदय र ८ बाट गुरूको उदयले राजा राजगद्दीमा बसेर जनताको सेवामा जुट्न पर्ने, भागेर छुट नपाइने वाध्यात्मक अवस्था सिर्जना गरेको छ । म ज्योतिषी बिद्वानहरूसँग यसबारे स्पष्ट हुन आव्हान गरिरहेको छु ।

अब विश्व परिवेशको कुरालाई हेरेमा यही योग सन् १९६२को मार्चमा भएको थियो । भारत र चीनवीच युद्ध भएको थियो । तसर्थ अहिले पनि भारतमाथि चीनले युद्ध गर्न सक्ने छ । वर्तमान तनावपूर्ण अवस्थाले नै त्यसको स्पष्ट संकेत गरिसकेको छ ।

यस्तै अमेरिकाले फिजिलगायतका देशमा बमबार्डिङ गरेको थियोे अन्तरिक्ष यानको आरम्भ थालेको थियो । अहिले पनि ती घटनाहरू दोहरिन सक्छन् । समुद्र नजिकैका सानातिना टापुदेशहरू डुब्ने सम्भावना छ । भूकम्प ठूलो रेञ्जमा विश्वमा जान सक्छ ।  मानिसको ठूले क्षति हुनसक्छ । बिश्वब्यापी रुपमै कुवाभित्रबाट कर्तुतहरू पर्दाफास हुने, दण्ड हुने, जेलजाने भएको र खासगरी शिवस्व, देवस्व, ब्रम्हस्व, राजस्व गरीबको, मजदुरको थिचोमिचो गर्ने र उनका परिवारमा डिप्रेसन उत्पन्न हुने विविध रोग फैलने भए पनि यो समय मकर राशीमा भएकाले मालिक शनि २०२२ अप्रिलसम्म मकरस्थ हुनाले त्यहाँसम्मको हो ।

शनि न्यायाधीश भएकाले पाप र पापीहरूको बिनाश एकतिहाई त हुने निश्चित छ । ढुक्क रहनुहोस्, इमानदारको उन्नति हुनेछ । केही राम्रो हुन केही बिनाश युनिभर्स नै ईश्वर भएकाले अवश्य हुनेछ । त्यो समय यही नै हो । विश्वमा अति नाम कमाएकी सेलिब्रेटी महिलाको यौनजन्य गोप्य कर्म र एकातिर हलिउडमा पनि यी घटनाहरू पर्दाफास हुने र पतन हुने पनि निश्चित छ ।  यो जातक ज्योतिष हैन । (र मेरा प्रिय मित्रहरुमा अनुरोध गर्छु– यो भविष्यवाणी होइन बिश्लेणण हो तर अक्षरश पुग्नेछ । तसर्थ सेयर गरिदिनु हुन म आग्रह गर्दछु । भविष्यवाणी त कृष्ण, बेदब्यास जस्ता महापरुषहरूले, नास्तोद्रमसहरूले गर्ने हुन्) मलाई यो राजावादी हो भनेर नसोचौँ, हुन त हुँ म राजाको समर्थक नै ।

यहाँ कुण्डलीमा सत्य विश्लेषण मात्र गरेको हुँ ।
 

ताजा खबर