रातमा दाँत दुखेको समस्याको समाधान

२०७७ माघ १९ सोमबार १३:०३:०० मा प्रकाशित

दाँत दुख्नु साधारण समस्या होइन । दुखाई हटाउन ल्वाङ्ग वा अन्य कोल्ड कम्प्रेसको प्रयोग गर्न सकिन्छ । दुखाई हटाउने विभिन्न विधि छन् । दाँतमा हुने एसिड तथा इनामेल हराउँदा खेरी दाँतमा प्वाल देखिन्छ । त्यसैकारण दाँत बेस्सरी दुख्ने गरेको हो । साइनस इन्फेक्सनले गर्दा दाँतको समस्या देखिने चिकित्सकहरु बताउँछन् । 

दुखाई हटाउन प्रयोग हुने औषधी
एसिटामिनोफिन (टिनेनोल), आइबुप्रोफिन(एड्भिल) औषधी दाँतको दुखाइ कम गर्न प्रयोग गरिन्छ ।

कोल्ड कम्प्रेस
कोल्ड कम्प्रेस दाँतको दुखाइ कम गर्न प्रयोग गरिन्छ ।
चिसो बरफ कपडामा राखेर गिजामा राख्दा सुन्निएको भाग सानो हुन्छ । त्यसो गर्दा दाँत दुखेको मानिस आनन्द सँग सुत्न सक्छ ।
दुखाई कम गर्न १५ देखि २० मिनेट बरफको सहायता लिनुपर्ने हुन्छ ।

धेरै दुख्नु
दाँत धेरै दुख्दा रगतको बहाव सिँधै टाउकोमा हुने गर्छ । शिर दुख्ने र सुन्निने हुँदा शिरानीको प्रयोग गर्नुपर्ने बाध्यता हुनसक्छ ।

मलहमको सहायता
बजारमा विभिन्न मलहम पाइन्छ । खास गरी बेन्जोकेनको प्रयोग गर्न सकिन्छ । बालबालिकाको लागि पनि यसको प्रयोग लाभकारी हुन्छ ।

नुनिलो पानी कुल्ला
नुनिलो पानीले कुल्ला गरेमा दाँत दुखाई कम हुने हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखमा भएको किटनाशक व्याक्टोरियाहरु पखालिन्छन् । दाँतमा हुने घाउँ खटिरा पनि हराउँदै जानेछ ।

पुदीनाको चिया
पुदीनको चियाको सेवनले दाँत दुखाइ निर्मुल पार्छ । यसको टि ब्यागमा एन्टीअक्सिडेन्ट पाइन्छ । यसमा मेन्थोल पनि पाइन्छ ।

ल्वाङ्ग
ल्वाङ्गको प्रयोग दाँत निकै दुख्दा खेरी प्रयोग गरिन्छ । दुखेको बेला यसको प्रयोग गर्नाले दाँत सुन्निने गर्छ । खासगरी यसको घुलोको पेस्ट वा चियामा मिश्रित धुलो पनि प्रयोग गर्न सकिन्छ । चपाएर वा चुसेर एउटा ल्वाङ्ग खानाले दाँत दुख्ने कमजोरी हराएर जान्छ ।

लसुन
दाँतमा प्वाल परेको अवस्थामा लसुनको प्रयोग प्रभावकारी मानिँदै आइएको छ । यसमा एन्टी व्याक्टोरियल इफेक्ट हुन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)


    
 

ताजा खबर